नेकपाको स्थायी समिति बैठक विप्लवले पेश गरेको राजनीतिक र संगठनतामक प्रस्ताव पारित गर्दै सम्पन्न

डेली न्युजराप्ती       १ पुष २०८० १३:५१ मा प्रकाशित     164 No Comments

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकले देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय गरेको छ ।

शनिबारबाट कपिलवस्तुको केन्द्रीय कार्यालय शिवगढीमा जारी बैठक आईतबार मध्याहन्न १२ बजे यस्तो निर्णय गर्दै सकिएको हो ।

बैठकले देश निकै संकटमा परेको निश्र्कष निकाल्दै देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्ने निर्णय गरेको स्थायी समिति सदस्य अनिल सीले जानकारी दिएका छन ।

बैठकले महासचिव विप्लवले पेश गरेको “सीसी विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” पनि पारित गरेको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा बनाएर देशको रक्षा गर्नुपर्ने बताए ।

महासचिव विप्लवले साम्राज्यवादको नेपालमा नाङगो हस्तक्षेप बढेको भन्दै देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा जरुरी भएको बताए ।

उनले स्थायी समितिका सदस्यहरुको जिज्ञासाको बारे बोल्दै अदालतको पछिल्लो काण्ड साम्राज्यवादी डिजानई भित्र आएको दाबी गरे ।

बैठकमा नेकपाका प्रवक्ता प्रकाण्ड सीले महासचिवले ल्याएको प्रस्ताव ठोश परिस्थितिको ठोश विश्लेषण भएको धारणा राखे । प्रवक्ता प्रकाण्डले अब देशी विदेशी दलाल तथा साम्राज्यवादीहरु विरुद्ध संघर्ष गर्ने पार्टी र मोर्चा चाहिएकोमा जोड दिए ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य सन्तोस सीले महासचिवले ल्याएको प्रस्ताव सहि भएको भन्दै देशभक्त,लोकतन्त्रवादी र कम्युनिष्ट मोर्चा आवश्यक भएको बताए ।

अर्का स्थायी समितिका सदस्य अनिल सीले देशभक्त शक्ति र कम्युनिष्ट शक्ति बिच संयुक्त मोर्चा बनाउन आवश्यक भएको बताए । उनले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सहितका नेतामाथि अमेरिकाकै निर्देशनमा आक्रमण भएको र सरकार त्यसको मतियार भएको दाबी गरे ।

स्थायी समितिका सदस्य शिलु सीले मध्यमवर्ग र देशभक्त शक्तिलाई एकतामा ल्याएर मात्र विदेशी हस्तक्षेप रोक्न सकिने बताईन ।

नेकपाका अर्का स्थायी समिति सदस्य भरत सीले महासचिवको प्रस्तावमाथि धारणा राख्दै भ्रष्टाचारका काण्डहरुको व्याख्या गरेर जनतालाई बुझाउदै भ्रष्टहरुलाई नांगेझार पार्दै जनमत बनाउनु पर्ने बताए ।

अर्का स्थायी समितिका सदस्य शुशिल सीले समाजवादी क्रान्ति पुरा गर्न एकता र ध्र्रुवीकरणको कार्य खुल्ला हुनुपर्ने बताए ।

बैठकले पारित गरेको “सीसी विशेष बैठकको राजनीतिक र सङ्गठनात्मक प्रस्ताव” अब बस्ने पोलिट ब्यूरोको बैठकमा समेत छलफल हुनेछ ।

बैठकमा नेकपाका महासचिव विप्लव सी,स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी,स्थायी समितिका सदस्यहरु सन्तोस सी,अनिल सी,शिलु सी,भरत सी र शुशिल सीको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार