दाङ, ११ असोज । दाङको तुलसीपुरमा अटोले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर ८ अस्वारा निवासी २७ वर्षीय भुपेन्द्र भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुर देखी पश्चिम तर्फ गइरहेको रा १ ह ३६८० नम्बरको अटो र बिपरीत दिशाबाट आइरहेको रा ६ प ८०८६ नम्बरको मोटरसाइकल तुलसीपुर ८ अस्वारामा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका भण्डारीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । ठक्कर दिने अटो र अटो चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.