युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्र सुरु

डेली न्युजराप्ती       १४ कार्तिक २०७८ २०:३८ मा प्रकाशित     823 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्र दाङको तुलसीपुरमा सुरु भएको छ।

१४ र १५ गते दुइदिन सम्म चल्ने बन्द सत्रमा नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य रहेको छ भने पार्टी केन्द्रीय सचिवालय सदस्य द्वय शुदर्शन र विषम,युवा संगठन नेपालका फ्याक्सन इन्चार्ज तथा पार्टी केन्द्रीय समिती सदस्य कृति,पार्टी केन्द्रिय सदस्य दिपक चलाउने, पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितल,पार्टीका केन्द्रीय सदस्य असल,अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य भृकुटी, संगठनको राष्ट्रिय भेलाको पुर्व संयोजक मिना चलाउने,अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही,अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय कोषाध्यक्ष आरोहको आतिथ्य रहेको छ।

बन्द सत्र कार्यक्रममा संगठनका फ्याक्सन इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य कृतिले चौथो राष्ट्रिय सम्मेलनलाई भंग गरि प्रस्तुत गरेको अध्यक्ष मण्डलको प्रस्ताव हलले एकमतले पारित गरेको थियो।
संगठनको बिधान तथा प्रतिबेदन वाचन युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितीका संयोजक पाटनले गरेका हुन भने बिधान तथा प्रतिबेदन माथी छलफल गर्न ११ समुहमा बिभाजन गरि छलफल पश्चात् सबै व्युरो(उपत्यका,सेती-महाकाली,ताम्सालिङ,जनकपुर,राप्ती,भेरी-कर्णाली,लुम्बिनी,धौलागिरी,गण्डक,नारायणी,मेची,कोशी,सगरमाथा र कार्यालय समुहबाट बिधान तथा प्रतिबेदन माथी सुझाव सहितको रिपोर्ट राख्ने कार्यक्रम सम्पन्न भएको संगठनले जनाएको।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार