प्यूठान कार दुर्घटना अपडेट : मृतक ८ मध्ये ७ जनाको पहिचान खुल्यो

डेली न्युजराप्ती       २९ जेष्ठ २०८० २१:२४ मा प्रकाशित     132 No Comments

प्यूठान । प्युठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार अन्य एक जनाको पहिचान खुल्न सकेको छैन्।
मृत्यु हुनेमा कार चालक लमही नगरपालिका वडा ५ का तारा कुमाल, कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए ।

यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानलपारिका वडा १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् ।

मृतक ८ जनाको शव जिल्ला अस्पताल प्युठानमा राखिएको प्रवक्ता थापाले जानकारी दिए । मृतकका आफन्तहरू आएपछि शव बुझाइने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार