संगठनका केन्द्रीय नेता गिरफ्तारी विरुद्ध युवा संगठन नेपालद्वारा संघर्षका कार्यक्रम घोषणा

डेली न्युजराप्ती       २१ असार २०७९ १५:२८ मा प्रकाशित     648 No Comments


असार२१ नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले संगठनका केन्द्रीय नेता गिरफ्तारी विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
संगठनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष क.दिनेश राजनीतिक कामको सिलसिलामा कैलाली जिल्लाको टिकापुरमा रहेको र सोही क्रममा कैलाली जिल्ला प्रहरीले टिकापुरबाट २०७९ असार १९ गते बिनाकारण गिरफ्तार गरि झुठा मुद्दा लगाएको उल्लेख गरेको छ।

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा कथित गृह मन्त्रालय र कैलाली जिल्ला प्रहरीको मिलेमतोमा भएको गिरफ्तारीप्रती संगठनद्वारा घोर भर्त्सना गर्नुका साथै क.दिनेश लगाएत सम्पुर्ण कमरेडहरुलाई बिनासर्त तुरुन्त रिहा गर्न जोडदार माग गरिएको छ।

बिज्ञप्तिमा तिन बुदे सहमतीमा भएका सहमतीहरुलाइ आफ्नो पार्टी र संगठनले अक्षरस पालना गरेको परन्तु तीन बुदे लागु गर्ने सन्दर्भमा सरकार पक्ष चुक्दै आएको,आजपनी पार्टी/संगठन कमरेडहरुलाइ विभिन्न झुठा आरोपहरुमा दुख दिने कार्य पटक-पटक हुँदै आइरहेको प्रष्ट उल्लेख गरिएको छ।

सरकार पक्षबाट यसप्रकारका कार्य हुनुले देशलाई अशान्ती र अस्थिरतातिर लैजाने मनसाय भएको प्रस्ट देखा पर्दछ । तसर्थ राष्ट्रियता, जनतन्त्र, जनजिबिका र स्वाभिमानका लागि निरन्तर जनसंघर्ष गर्दै आइरहेको हाम्रो पार्टी र संगठन माथी यसप्रकारका कार्यहरु नगर्न र नगराउन हाम्रो संगठनले चेतावनी दिन्छ । अन्यथा यस प्रकारका दमनकारी कार्यको जनताले उचित जवाफ दिनेछन,बिज्ञप्तिमा उल्लेख गरिएको छ।’

गिरफ्तारी विरुद्ध संगठनले २०७९ असार २२ गते भोलि देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय लाई ज्ञापनपत्र बुझाउने,२०७९ असार २३ गते कैलाली जिल्ला प्रसासन कार्यालयमा एक घण्टा धर्ना कार्यक्रम गर्ने,थप संघर्षका कार्यक्रमहरु गर्दै जाने बिज्ञप्तिमा प्रष्ट पारिएको छ।

असार १९ गते कैलाली जिल्ला प्रहरीले युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष क. दिनेश, नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला कमिटी सदस्य क. जय सिङ सुनुवार र पवन बिष्टलाई गिरफ्तार गरि झुट्टा मुद्धा लगाएको छ।

प्रेस बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार