दाङमा नेकपा (एमाले)का जिल्ला सदस्य पदम केसिद्वारा पार्टी परित्याग,स्वतन्त्रबाट चुनाव लड्ने

डेली न्युजराप्ती       १० बैशाख २०७९ ०९:५४ मा प्रकाशित     547 No Comments


बैशाख १०,दाङ। दाङमा स्थानीय निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीमा आवद्ध नेता-कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्ने गरेका छन।

पार्टी परित्याग गर्ने अधिकांश नेता-कार्यकर्ताले आगामी बैशाख ३० गतेको निर्वाचनमा पार्टीले टिकट नदिएको गुनासो सहित पार्टी परित्याग गरेको बताउने गरेका छन।

यस्तै हिजो शुक्रवार नेकपा(एमाले) दाङ जिल्ला कमिटी सदस्य एवम क्षेत्र नं. ३ का इन्चार्ज तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ निवासी पदम केसिले पार्टी परित्यागको घोषणा गरेका हुन।
दाङबाट संचालित एक टेलिभिजनमा अन्तर्वार्ताको क्रममा नेता केसिले नेकपा(एमाले) परित्यागको घोषणा गरेका थिए। नेता केसिले आगामी स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षको उम्मेदवारी समेत घोषणा गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार