अखिल(क्रान्तिकारी)को स्ववियुको मिति तोक्न गरिएको आग्रह त्रिविद्वारा सुनुवाइ,चैत ५ मा चुनाव

डेली न्युजराप्ती       २१ पुष २०७९ २३:४१ मा प्रकाशित     235 No Comments

पौष २१ , काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले स्व.वि.यु.को मिति तोक्न गरिएको आग्रहलाई त्रिविद्वारा सुनुवाइ भएको छ ।
त्रिभुवन विश्वविद्यालयक विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको  बिहीबार बसेको बैठकले चैत ५ गते गर्नको लागि भोलि बस्ने त्रिवि कार्यकारी परिषदलाई सिफारिस गर्ने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

सबै डीन, निर्देशक तथा विद्यार्थी संगठनका केन्द्रिय अध्यक्षहरुसँग बसेर मिति सिफारिस गरिएको हो ।
शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ।

यता विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले पौष १९ गते संगठनका अध्यक्ष प्रकाश सीको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटा र त्रि.वि. विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी लाई भेटेर स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न तथा त्रिभुवन विश्वविद्यालयमा देखिएको तमाम समस्याहरु समाधान गर्न सुझाव सहित माग राखेको थियो ।
अखिल(क्रान्तिकारी)को उक्त मागलाई सम्बोधन गर्दै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आज बसेको बैठकले स्ववियु निर्वाचन आगामी चैत्र ५ गते गर्ने निर्णय गरि भोलि बस्ने त्रि वि कार्यकारी बैठकमा अनुमोदन गराउन लैजान लागेको हो । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचन आगामी चैत्र ५ गते गर्ने गरि गरेको सिफारिस स्वागतयोग्य भएको अखिल(क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा त्रिभुवन बिश्वबिधालयका इन्चार्ज अनिल सीले डेलिन्युराप्तीलाई जानकारी दिनुभएको छ ।

परम्परागत स्ववियु प्रणाली संगठनका केही असहमतिहरु भए पनि समग्रमा स्ववियु निर्वाचन गर्न त्रिविले तयारी गर्ने कुरालाई संगठनले सकारात्मक ढंगले लिएको साथै संगठन स्ववियु निर्वाचनमा सहभागी हुन आतुर रहेको इन्चार्ज अनिल सीले बताउनुभयो ।

पौष १९ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीबिचको भेटघाटमा अखिल (क्रान्तिकारी)ले स्नातक र स्नातकोत्तर तहको नतिजा तत्काल सार्वजनिक गर्न ,त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन समयमै गर्न , मेडिकल विद्यार्थीको समस्या हल गर्न , त्रिवि सेवा आयोगले तत्काल रिक्त रहेका दरबन्दी हरुमा विज्ञापन खुलाइ रहेका पदपूर्ति गर्न , त्रिभुवन विश्वविद्यालय बल्खुबाट मात्र दिइदै आएको विद्यार्थी हरुको शैक्षिक प्रमाणपत्र आगामी दिनमा प्रत्येक प्रदेश बाट दिने व्यवस्था गर्न ,T.U इन्जिनियरिङ अन्तर्गत स्नातक तह शैक्षिक सत्र २०७९/८०  (BE/B.Arch )का विद्यार्थीको भर्ना प्रक्रिया छोटो गराइ छिटोभन्दा छिटो पठनपाठन सुचारु गर्न , त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जमिन तत्काल फिर्ता ल्याउन पहल गर्न , Applied कोर्षका नाममा T.U का आंगिक क्याम्पस हरुले विद्यार्थी बाट मोटो रकम लिइरहेको हुनाले शुल्कमा कमि ल्याउन तथा गुणस्तरीयता बढाउन ध्यान दिन , त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम र पठनपाठन पुरानै तरिकाको भएकाले यसलाई रुपान्तरण गर्न अर्थात त्रिभुवन विश्वविद्यालयले अहिलेको समय सापेक्ष ,व्यवहारीक,वैज्ञानिक ,जीवनउपयोगी तथा छोटो समय र कम रकम खर्चमा पठनपाठन हुने खालका पाठ्यक्रमको विकास गर्न तथा समग्र त्रिभुवन विश्वविद्यालयको रुपान्तरण गर्न खाका तयार गरेर काम गर्न उपकुलपति लाई सुझाव दिएको थियो ।

संगठनले दिएको सुझावहरुलाइ मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले आफुले यी मागहरु पूरा गर्न सकारात्मक रहेको र तत्काल स्ववियुको मिति तोक्न प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार