विश्वकै दोस्रो बलर बने सन्दीप

डेली न्युजराप्ती       १३ चैत्र २०७८ १९:४४ मा प्रकाशित     360 No Comments


काठमाडौं,१२-चैत। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका हुन् ।

सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् ।

एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार