अखिल ( समाजवादी ) पश्चिम रोल्पाद्वारा संगठनलाई आत्मनिर्भर बनाउन च्याउ उत्पादनको तयारी

डेली न्युजराप्ती       १४ चैत्र २०८० ०९:१२ मा प्रकाशित     164 No Comments

चैत्र १४ , दाङ । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपा निकट अखिल ( समाजवादी ) पश्चिम रोल्पाले संगठनलाई आत्मनिर्भर बनाउन च्याउ उत्पादनको तयारीलाई तिब्र बनाएको छ ।

संगठनको केन्द्रीय नीति एक संगठन , एक उत्पादन र आत्मनिर्भर संगठनको नितिलाई लागू गर्दै माडी गाउँपालिका – २ घर्तीगाउँमा  (कन्या) च्याउ उत्पादनको कार्यलाई तिब्र पारिएको संगठनका केन्द्रीय सदस्य चुडामणि सीले जानकारी दिएका छन् ।

च्याउ उत्पादनको लागि अहिले बोइलिङ र प्याकेजिङको काम सुरु गरिएको छ , नेता चुडामणिले भने – ‘ अहिले तत्काल १ सय ३० प्याकेट परालको डल्लाबाट च्याउ उत्पादन गर्ने तयारी छ । अर्को पटकदेखि उत्पादनलाई बढाएर लैजाने सोच बनाएका छौँ । च्याउ उत्पादन कार्यमा संगठनका इकाइ कमिटी , जिल्ला कमिटी र पार्टी सदस्यहरु उत्साहका साथ सहभागी भइरहेका छन् । जिल्लाका अन्य ठाउँमा पनि च्याउ लगाएत अन्य उत्पादनको पनि तयारी भईरहेको छ ।’

नेपालमा केही पनि हुँदैन , सम्भावना नै छैन भन्ने भाष्यलाई चिर्न , विद्यार्थी संगठन भनेका क्यापसमा , विद्यालयमा भाषण गर्ने मात्र हुन् भन्ने भाष्यलाई चिर्न , विद्यार्थी संगठन भनेका श्रम , उत्पादनमा लाग्ने युवा विद्यार्थीलाई नयाँ भविष्य देखाउने हुनुपर्छ भन्ने भाष्य स्थापित गर्न संगठनले देशैभरी उत्पादनको कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गरिरहेको समेत नेता चुडामणिले जानकारी दिए ।

यस्तै विप्लव सी नेतृत्वको नेकपाले आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देशको नीति पास गर्दै देशव्यापी विभाग नै बनाएर हजारौं बिघा जमिनमा कृषी उत्पादन गरिरहेको छ भने अब उधोगतिर पनि पार्टीले लगानी गर्ने सोचिरहेको नेकपाले जनाएको छ ।

अहिलेको अस्थिर राजनीतिक कोर्षको अन्त्य नेपाली बिशेषताको समाजवादबाट गर्न सकिने भन्दै विप्लव यतिबेला नेपालमा समाजवाद स्थापना गर्नका लागि राजनीतिक भेटघाट र सहकार्यको नितिलाई तिब्र बनाइरहेका छन् ।

उनी अहिले समाजवादी मोर्चा , नेपालको संयोजक समेत हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार