नेकपा पश्चिम दाङको बैठक आज तुलसीपुरमा बस्ने

डेली न्युजराप्ती       ४ भाद्र २०८० ०७:०६ मा प्रकाशित     224 No Comments

भदौ ४ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्ला समितिको बैठक आज बस्ने भएको छ । नेकपाका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा आज बिहान १० बजेदेखि बैठक सुरु हुने पार्टीका जिल्ला सचीव निर्मल सीले जानकारी दिएका छन् ।

बैठकले पार्टीको केन्द्रीय समितिको चौथो पुर्ण बैठकले लिएका दुरगामी एवम महत्वपूर्ण निर्णयहरुको जानकारी गराउने , पहिलो ६ महिने आवधिक योजनाको समिक्षा र आगामी ६ महिने आवधिक योजनाको ठोस योजना निर्माण गर्ने लगाएतका महत्वपूर्ण विषयमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार