कार्तिक ४,दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी तुलसीपुर उपमहानगर समितिको दोस्रो नगर भेला सम्पन्न भएको छ ।
आइतबार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाको भुह्यारथानमा सम्पन्न भेलाले धना सीको अध्यक्षतामा १९ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ ।
दोस्रो भेलाले चयन गरेको कार्यसमितिको उपाध्यक्षमा तता सी , सचिवमा भावना सी , सह-सचिवमा गिता केसि बस्नेत र कोषाध्यक्षमा मनिशा सीलाई चयन गरिएको हो।
भेलाले २ जना कार्यसमिति सदस्य बैठकबाट थप गर्नेगरी १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका पिबिएम एवम केन्द्रीय न्याय विभाग प्रमुख शितल सीको प्रमुख आतिथ्यता तथा नेकपाकी केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस मोर्चा फ्याक्सन इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , नेकपा दाङ जिल्ला सेक्रेटरी तिलक सी , अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य रेखा सी , नेकपा दाङ जिल्ला सचिवालय सदस्य धर्ती सी , शिक्षक संगठनका केन्द्रीय सचिव निर्मला डाँगी , किसान संगठनका खिम बहादुर सी लगाएतको आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा सम्बोधन गर्ने वक्ताहरुले समाजवादी व्यवस्थामा मात्रै उत्पीडित महिलाहरुको मुक्ती सम्भव भएको धारणा व्यक्त गरेका थिए ।
संगठनकि नगर भेला आयोजक समिती सदस्य धना सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संगठन जिल्ला सम्मेलन आयोजक समिती सदस्य अरुणा सीले गर्नुभएको थियो भने स्वागत मन्तव्य तता सीको रहेको थियो ।
अनेमसंघ क्रान्तिकारी तुलसीपुरको दोस्रो भेलामा प्यानल प्रस्ताव पार्टीका जिल्ला कार्यालय सदस्य भुवन सीले गरेका हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.