असली प्रजातन्त्र जिन्दावाद! जनताको व्यवस्था बैज्ञानिक समाजवाद! (गित)

डेली न्युजराप्ती       ४ पुष २०७८ १४:५१ मा प्रकाशित     628 No Comments


असली प्रजातन्त्र जिन्दावाद,जिन्दावाद:२
जिन्दावाद,जिन्दावाद।
असली प्रजातन्त्र जिन्दावाद,जिन्दावाद।
जनताको व्यवस्था वैज्ञानिक समाजवाद:२
वैज्ञानिक समाजवाद,वैज्ञानिक समाजवाद।

आफ्नै देशमा रोजगारिको सिर्जना हुनेछ,पेट पाल्नलाइ बिदेश जाने नीति तोडिने छ।
जनताको गासको निम्ति उत्पादन यहि हुन्छ, कतै बाझो नराखेर जमिन जोतभोग हुन्छ।
कतै बाझो नराखेर जमिन जोतभोग हुन्छ।
असली प्रजातन्त्र जिन्दावाद,जिन्दावाद।
जनताको व्यवस्था वैज्ञानिक समाजवाद,वैज्ञानिक समाजवाद।

स्वदेशको माटो गोड्दै सबैथोक फल्ने,श्रमशक्ती यहि छर्दै धपधपी बाल्ने।
उर्बरभुमी जोत्ने गोड्ने यहि अन्न फलाउने,साधी सिमा रक्षा गर्दै सुन्दर फुल फुलाउने।
साधी सिमा रक्षा गर्दै सुन्दर फुल फुलाउने।
असली प्रजातन्त्र जिन्दावाद,जिन्दावाद।
जनताको व्यवस्था वैज्ञानिक समाजवाद:२
वैज्ञानिक समाजवाद…

दबिएका खानिहरु उत्खनन हुन्छन,देशभक्त बैज्ञानिकले देशमै काम पाउँछन्।
स्वतन्त्र,आत्मनिर्भर समृद्धि छाएको,हेपिएका बर्ग जातले मौलिक हक पाएको।
हेपिएका बर्ग जातले मौलिक हक पाएको।
असली प्रजातन्त्र जिन्दावाद,जिन्दावाद।
जनताको व्यवस्था वैज्ञानिक समाजवाद:२
वैज्ञानिक समाजवाद,वैज्ञानिक समाजवाद।

(नेत्र बिक्रम चन्द(विप्लव) निकट केन्द्रीय सामना परिवारको रचना)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार