माधव नेपाललाई छाडेर नयाँ पार्टी गठन, जन वैज्ञानिक क्रान्ती गर्ने उद्घोष

डेली न्युजराप्ती       ३१ भाद्र २०८१ ०६:०५ मा प्रकाशित     174 No Comments

दाङ , ३० भदौ ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी छोडेका राजकुमार कक्षपती मुकुन्दराज रोका र अर्जुन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्र पार्टी घोषणा गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले पार्टीको नाम घोषणा गरेका हुन्। संसारका श्रमिक वर्ग एक होऔं भन्ने मुल नारा दिएर घोषित भएको पार्टीको नेता संयोजकमा प्युठानका राजकुमार कक्षपति, अध्यक्षमा दाङका मुकुन्दराज रोका र महासचिवमा दाङकै अर्जुन अधिकारी रहेका छन् ।

हाल ५१ सदस्य केन्द्रिय समिति विस्तार गरिएकाे छ । अन्य कार्यसमिति सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन । हाल लुम्बिनी प्रदेशका १२ वटै जिल्लालाई समेटेर कार्यसमिति बनाएको र पछि यसलाई सबै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेकाे अध्यक्ष रोकाले बताएका छन्।

त्यस्तै नेता संयोजक कक्षपतीले अन्य राजनीतिक दलले जनतालाई पटकपटक धोका दिएकाले नयाँ सच्चा कम्युनिस्ट पार्टीको आवश्यकता अनुरुप नेकपा वामपंथी केन्द्र पार्टी खोलिएको बताए ।

नेकपा वामपंथी केन्द्र पार्टीका नेता संयोजक राजकुमार कक्षपति, अध्यक्षमा दाङका मुकुन्दराज रोका र महासचिवमा दाङका अर्जुन अधिकारी लामो समय देखि नेकपा एकिकृत समाजवादी पार्टी क्रियाशील रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार