प्यालेस्टाइनीहरुमाथी इजरायली जनसंहार विरुद्ध दाङमा ७ पार्टीले हस्ताक्षर संकलन गर्ने

डेली न्युजराप्ती       ४ पुष २०८१ १६:२० मा प्रकाशित     153 No Comments

हेमन्तप्रकाश वली ।
पौष ४,दाङ । प्यालेस्टाइनीहरुमाथी इजरायली जनसंहार विरुद्ध दाङमा ७ पार्टीले हस्ताक्षर संकलन गर्ने भएका छन् ।
बिहिवार घोराहीमा बसेको ७ पार्टीको संयुक्त बैठकले प्यालेस्टाइनीहरु माथी इजरायली जनसंहार विरुद्ध जिल्लाव्यापी हस्ताक्षर संकलन अभियान चलाउने निर्णय गरेको हो ।

विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको नेकपा (माओवादी केन्द्र) , चित्र बहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा , माधव कुमार नेपाल नेतृत्वको नेकपा (एस) , मोहन वैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , उपेन्द्र यादव नेतृत्वको जसपा , डा.बाबुराम भट्टराई नेतृत्वको नेसपाले संयुक्त अभियान नेपालको आयोजनामा दाङमा पौष ६ गतेदेखी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बताए।

राष्ट्रिय जनमोर्चा घोराहीको कार्यालयमा बसेको संयुक्त बैठकले जिल्लाका तुलसीपुर , घोराही , लमही र भालुबाङमा इजरायली जनसंहार विरुद्ध हस्ताक्षर संकलन गर्ने निर्णय गरिएको नेकपाका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीले जानकारी दिएका छन् ।

प्यालेस्टाइनमाथी इजरायली जनसंहार विरुद्ध हस्ताक्षर संकलन गर्ने कार्यक्रम केन्द्रदेखि तय भएको कार्यक्रम भएको समेत जनाइएको छ ।

जिल्लाभरी हजारौं हस्ताक्षर संकलन गरि इजरायली नरसंहारको बिरोध गर्ने अभियान सम्वद्ध दलका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार