आक्रमणकारीलाई प्रशासनले कार्वाही नगरे आफै कदम चाल्न बाध्य हुने नेता ऐरीको चेतावनी

डेली न्युजराप्ती       १३ पुष २०७८ ०८:३७ मा प्रकाशित     488 No Comments


कंचनपुर। नेकपा निकट युवा संगठन कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीमाथि एक समुहले कुटपिट गरेका छन ।सोमबार साँझतिर महेन्द्रनगरमा युवा संगठन कञ्चनपुरका उपाध्यक्ष ऐरीमाथि एक समुहले कुटपिट गरेको हो ।युवा संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले आफु संगठनको काम सकेर घर जाने क्रममा रमेश ठकुराठी सहितको समुहले एक्कासी आएर आक्रमण गरेर फरार भएको बताए ।उनले आफुमाथि कुटपिट गर्नुका साथै से२प ६८६६नम्बरको आफ्नो मोटरसाईकल समेत तोडफोड गरेको बताए । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमर माझीले ऐरीमाथि कुटपिट गर्ने रमेश ठगुराठी पक्राउ गरेको बताए । अन्यको खोजिभईरहेको छ । ऐरीमाथि भएको कुटपिटको सर्बत्र भर्त्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारिएको छ।

नेता ऐरीले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस:-
संगठन को काम सकेर आज साझ ४:३० बजेतिर घरफर्किने क्रममा हरिचन्द्र स्टोरमा तरकारि किन्ने बेला हल्दुखाल बस्ने रमेश ठकुराठि लगाएतका सुपरस्पिलेन्डर बाईकमा आई अज्ञात समूहले आक्रमण गरेको छ, उक्त समुहका एकजना थुनेर वडा प्रहरी कार्यलयमा राखिएको छ थप दुईजना को खोजि भैरहेको छ। उक्त टोले मुन्द्रेहरुलाई हदै सम्मको कार्वाही को माग गर्दछु। हैन भने हामी आफै कदम चाल्न बाध्य हुनेछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार