स्ववियुको चुनावमा होमियो अखिल(क्रान्तिकारी) , महासचिव विप्लवले माघ २४ गते प्रशिक्षण दिने!

डेली न्युजराप्ती       २१ माघ २०७९ १६:४४ मा प्रकाशित     637 No Comments

माघ २१/दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा होमिएको छ ।
आगामी चैत्र ५ गते त्रिभुवन बिश्वबिद्धालयले स्ववियुको निर्वाचन गर्नेगरी तयारी अगाडि बढाएपछि संगठन निर्वाचनको तयारीमा होमिएको हो ।

स्ववियु निर्वाचनको तयारी स्वरुप संगठनले यहीँ माघ २४ गते स्ववियु बिशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । स्ववियु बिशेष प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन पार्टीका महासचिव विप्लव सी काठमाडौं आउन लागेको संगठनका महासचिव ललित सीले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन् ।

नेकपाका महासचिव विप्लव सी केही समययता कपिलवस्तु स्थित शिवगढीको केन्द्रीय कार्यालयमा बसिरहेका छन् । काठमाडौंदेखि सधै टाढा रहेका विप्लव अखिल ( क्रान्तिकारी )का देशैभरिबाट काठमाडौंमा जुटेका संगठनका नेता-कार्यकर्तालाई प्रशिक्षण दिन काठमाडौं जान लागेको जनाइएको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा स्ववियु बिशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार