एमाले निकट राष्ट्रिय युवा संघ का केन्द्रीय नेता पाेख्रेल नेकपामा प्रवेश

डेली न्युजराप्ती       २६ आश्विन २०७८ ०९:५५ मा प्रकाशित     846 No Comments


राजेन्द्र रावत क्षेत्री प्युठान। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य,नेकपा एमाले प्युठान जिल्ला सदस्य तथा नेपाल मार्सल आर्ट हापकिडाे संघ प्युठान का अध्यक्ष मुक्ति पाेख्रेल एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका छन।
साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाेख्रेलले एमाले परित्याग गर्दै नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मा प्रवेश गरेकाे जनाएका छन। विज्ञप्तिमा लेखिएको छ -” म लामाे समय देखि नेकपा एमालेमा क्रियाशिल रहि भातृ संगठन राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय सचिवालय सदस्य र नेकपा एमाले जिल्ला सम्मेलन आयाेजक समिति सदस्य पदमा रहि जिम्मेवारी बहन गर्दै गर्दा नेपालमा लामाे समय देखि चल्दै अाएकाे संसदिय व्यवस्था पुर्णत असफल भएको र दलाद पुँजीवादी व्यवस्था ले नेपाल र नेपाली जनताका विधमान समस्या समाधान दिन नसक्ने निष्कर्षमा पुगि अाजकाे मिति बाट नेकपा एमाले तथा राष्ट्रिय युवा संघ नेपालमा नरहेकाे घाेषणा गर्दछु ।” पाेख्रेलले विज्ञप्तिमा लेखेका छन-” संसदीय राजनीतिक दलहरु बाट सम्पूर्ण युवा तथा बुद्धिजीवी वर्गले कुनै अपेक्षा राख्नु हुदैन भन्दै अाजकै मितिबाट क्रन्तिकारी कम्युनिस्ट नेता क. विप्लव ले नेतृत्व गर्नुभएको पार्टी नेपाल कम्युनिस्ट पार्टी मा समाहित भएको घाेषणा गर्दछु । साथै सम्पूर्ण क्रन्तिकारी यूवाहरुलाई पनि क्रान्तिकारी पार्टीमा समाहित हुन हार्दिक अपिल गर्दछु ।
बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार