दाङ कांग्रेस सभापतिको वडामा स्वतन्त्र उम्मेदवार सुनील वली निर्वाचित

डेली न्युजराप्ती       १ जेष्ठ २०७९ १३:४३ मा प्रकाशित     397 No Comments

दाङ : दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन्। यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको वडा हो।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै २७ वर्षीय ओलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ३२ रहेको छ । कांग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्रा खड्काले ३५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन्।
वडाध्यक्षमा विजयी भएका वली कांग्रेस निकट थिए तर, उनले युवाहरु राजनीतिमा आउनु पर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। उनले सासक नभइ सेवक बनेर सेवा गर्ने अठोटका साथ उम्मेदवारी दिएको भन्दै सोही अनुसार काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार