आज १ बजेसम्म टिकट नपाए स्वतन्त्र भएर चुनाव लड्छु तर मेटमणिलाई स्वीकार गर्दिन:केसी

डेली न्युजराप्ती       ५ माघ २०८२ ११:४९ मा प्रकाशित     1727 No Comments

दाङ । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका कुलप्रसाद केसीले दाङ १ मा बागी उम्मेदवारी दिने चेतावनी दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले दाङ–१ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि केसी असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिए ।

‘आज १ बजेसम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने भनिएको छ, त्यो बेलासम्म मैले टिकट पाइन भने स्वतन्त्र भएर चुनाव लड्छु,’ केसीले भने ।

बुटवलबाट राजधानी भालुबाङ सार्न केसीले अग्रणी भूमिका खेलेका थिए ।

२०७४ मा उनी प्रदेशसभामा निर्वाचित भएर आन्तरिक मामिला तथा कानुनमन्त्री र मुख्यमन्त्री भएका थिए । केसीले २०७९ मा भने पनि टिकट पाएका थिएनन् ।

उनी तत्कालीन जनयुद्धमा जनमुक्ति सेनाको डिभिजन कमिसार समेत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार