काठमाडौँ । फोर्ब्स म्यागेजिनका अनुसार बिश्वमा सबैभन्दा धेरै कमाउने गायिकामा अमेरिकाकी टेलर स्विफ्ट परेकी छिन् । स्विफ्टसँग १ अर्ब ६० करोड अमेरिकी डलर बराबर सम्पत्ति छ । उनको यो कमाई गीत संगीतबाट भएको हो । ३४ वर्षीया स्विफ्ट अमेरिकाको पेन्सिल्भेनियाकी बासिन्दा हुन् । उनले सानैमा म्युजिक स्टार बन्ने सपना देखेकी थिइन् । उनले ती सपनाहरु पूरा गरेकी छिन् । संसारको ठूलो पप स्टारको रूपमा परिचित स्विफ्टले अमेरिकाको एरिजोनाबाट २०२३ मार्च १७ देखि २१ महिनासम्म ‘ इरास टुर ’ सांगितिक कार्यक्रम शुरु गरेकी थिइन् ।
६ महादेशका बिभिन्न २१ वटा देशबाट १ करोड १ लाख ६८ हजार ८ जना टुरमा सहभागी भएका थिए । जसबाट उनले रोयल्टी र भ्रमणबाट निकै पैसा कमाइन र सन् २०२४ को सबैभन्दा धनी महिला गायिका बन्न सफल भइन् । उनको संगीत सूची संसारमा सबैभन्दा महँगो मानिन्छ । – एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.