अश्वारा सामुदायिक वनद्वारा जग्गा संरक्षणको नाममा तुलसीपुर-३ का मानसिंहको परिवारमाथी हातपात

डेली न्युजराप्ती       १५ आश्विन २०८० १९:२९ मा प्रकाशित     494 No Comments

हेमन्त प्रकाश ओली ।

असोज १५ , तुलसीपुर । तुलसीपुर-३ स्थित अश्वारा सामुदायिक वनका कार्यसमितिले सामुदायिक वनको जग्गा संरक्षणको नाममा एक परिवारमाथी ज्यादती गरेको आरोप लागेको छ ।

सोमबार सामुदायिक वनका अध्यक्ष , सचिव , कोषाध्यक्ष सहितको टोलिले तुलसीपुर -३ बस्ने मानसिंह परियारमाथी जग्गा संरक्षणको नाममा हातपात , महिलामाथी कुटपिट गरेको परियारले आरोप लगाएका छन् ।

सामुदायिक वनले यसअघि परियारको जग्गाभन्दा ११ मिटर तलबाट वनको जग्गा घेरबार गरेको थियो ।

सामुदायिक वन उपभोक्ता समितिको सर्वसम्मत निर्णय अनुसार करिव १ महिनाअघि गरेको घेरबार विपरीत सोमवार वन उपभोक्ता समितिका अध्यक्ष याम प्रसाद सुवेदी , सचिव निम बहादुर खड्का ,कोषाध्यक्ष टोप बहादुर विकसहितको टोलिले उक्त निर्णय विपरीत परियारको परिवारलाई लछारपछार , कुटपिट , धकेलाधकेल गर्दै ११ मिटर माथिबाट घेरबार गरिएको पिडित मानसिंह परियारले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

डेलिन्युजराप्तीसंग कुरा गर्दै उहाँले भन्नुभयो – ‘म चाहिँ २०४८ सालबाट यो जग्गा उपभोग गर्दै आएको हो । यो भन्दा पहिला सामुदायिक वनले जग्गा छुट्याएर यो भन्दा तल सामुदायिक वन पर्छ भनेर छुट्याएको तर अहिले फेरि आएर मैले उपभोग गरेको जग्गालाई मेरो परिवार मलाई मारपिट गरि जबर्जस्ति मैले लगाएको बालिनाली नस्ट गरिदिनुभयो । महिलाहरुमाथी हातपात भएको छ । म संग त्यसको प्रमाण छ । मैले भिडियोपनि बनाएको छु । मैले २०४८ सालदेखी जग्गा उपभोग गरेवापत राज्यलाइ कर तिरिरहेको छु । अहिले एक्कासि आएर पहिले भएको सर्वसम्मत निर्णय , जग्गा छुट्याएर अब यहाँभन्दा तल उपभोग नगर्ने भनेकोमा आज फेरि मैले उपभोग गरेको जग्गा सामुदायिक वनमा पर्छ भनेर उपभोक्ता समिती सबै आएर जबरजस्ती तारबार गर्नुभयो । म पनि यो देशको नागरिक हुँ । म एउटा भुमिहिन दलित सुकुम्बासी हुँ । म नागरिक भएकै कारणले जोतभोग गरेको खान पाउनुपर्यो ।’

यस्तै सोमबार सामुदायिक वनले जग्गा घेरबार गर्दा विवाद चुलिएपछी तुलसीपुरको बेलुव प्रहरी पुगेको जनाइएको छ । प्रहरीले विवाद चर्किएपछी छलफल पश्चात् मात्रै घेरबार गर्ने नगर्ने भन्ने कामलाई अघि बढाउन निर्देशन समेत दिएको बुझिएको छ ।

यता सोही विषयमा बुझ्न खोज्दा अश्वारा सामुदायिक वनका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार