सहिद रामवृक्ष यादवको स्मृतिमा रुपन्देहीमा वृक्षारोपण

डेली न्युजराप्ती       २ भाद्र २०७८ १८:२६ मा प्रकाशित     458 No Comments


बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्रान्तिकारीले सहिद रामवृक्ष यादवले कम्युनिस्ट आन्दोलनमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै बुटवलको तिलोत्तमास्थित बनवाटिका–सहिद पार्कमा वृक्षारोपण गरेको हो । वृक्षारोपणमा कल्की, कपुर, अमला, कागती, धुँपी लगायत विभिन्न प्रजातिका करिब ८० वटा बोटबिरुवाहरू रोपेको प्राप्त समाचारमा जनाइएको छ । उक्त कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विक, केन्द्रीय सदस्य रूपा बुढा मगर, सङ्गठनकी रुपन्देही जिल्ला अध्यक्ष इन्दु वली, उपाध्यक्ष पारस राहादी मगर, सचिव पवन ज्ञवाली, सहसचिव पदम पराजुली, जिल्ला सदस्य प्रशुन ज्ञवाली, माधव न्यौपाने, नयन अर्याल, प्रतिक्षा पौडेल लगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार