एमसिसिले द्वन्द फैलाउछ, संघीयता कोल्याप्स हुन्छ: मैनाली

डेली न्युजराप्ती       २० पुष २०७८ १७:४३ मा प्रकाशित     393 No Comments


तुलसीपुर,पौष २०। नेकपा मालेका महासचिब सीपी मैनालीले एमसीसीलाई नेपालमा द्वन्द फैलाउने रणनीतिक रुपमा लिएका छन् । छलफल नै नगरि २०७४ सालमा एमसीसीसंग सम्झौता भएको भन्दै त्यतिबेला नै गलत भएको समेत बताए । रिपोर्टस् क्लब नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मैनालीले ‘अमेरिकाले एमसीसी सम्झौता भएको अर्को बर्षदेखि संसदमा पारीत गर्न निर्देशन दियो’, उनले भने‘जो कि नेपालमा अहिलेसम्म बाह्य लगानीमा सञ्चालित कुनै पनि प्राजेक्ट संसदवाट पारीत गरेको नजिर पनि छैन ।’उनले एमसीसीले नेपालमा पार्न सक्ने प्रभाबको कुनै पनि आँकलन नगरि अहिले संसदवाट अनुमोदन गर्ने नीति राजनीतिक दलहरुले लिएको भन्दै यो गलत रहेको समेत बताए ।
नेपालले एमसीसी चाहिदैन भन्दा भन्दै पनि पटक–पटक ढिपी गर्र्नुको कारण नेपाल कम्जोर रहेको समेत बताए । ‘हामीले एमसीसी चाहिदैन भनिरहेका छौं, तर, अमेरिकाले मिति सारि सारी एमसीसी लैजान भन्छ’, उनले भने‘ अनुदान हो भने यत्रो ढिपि किन गरिरहेको छ, लगानी हो भने हामीले के प्रतिफल पाउने भन्ने कुरा हो ।’ नेपालमा बाह्य प्रभाब र हस्तक्षपले गर्दा पनि अमेरिकाले यसरी नेपाललाई चेपुवामा परेको उनको भनाई थियो । साथै उनले अर्को प्रसंगमा नेपालका हरेक राजनीतिक दलहरु विदेशीहरुको अनुकूलमा चल्ने गरेको समेत आरोप लगाए । साथै उनले धर्मनिरिपेक्षताका नाममा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने मिसन अनुसार काम भइरहेको बताएका छन् । धर्म निरिपेक्षता धर्म परिबर्तनको लाइसेन्स भएको बताएका छन् । उनले नेपालमा धर्म निरपेक्ष पनि हुन नहुँने र धर्म सापेक्ष पनि नभई धर्म मैत्री नेपाल हुनपर्ने समेत बताए । महासचिब मैनालीले प्रदेशको संरचना खारेज नभए संघीयता नटिक्ने समेत बताएका छन् ।‘नेपालको संरचनामा परिबर्तन नगर्ने हो भने संघीयता टिक्न गाह्रो छ’, उनले भन‘ प्रदेश संरचना हटाए संघीयता जोगिन्छ, नत्र संघीयता कोल्याप्स हुन्छ ।’ रिपोर्टस् क्लब नेपाल, दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिब विमल गौतमले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार