काठमाडौं: जनवादी गीतकार, सङ्गीतकार प्रेम सीकाे क्रान्तिकारी गीत “संघर्षमा अघि बढौं, देश मुक्त गरौं” बजारमा सार्वजनिक भएको छ ।
उक्त गीत शनिबार ‘आरोह नेपाली’ काे युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
जनवादी गीतकार, सङ्गीतकार प्रेम सीकाे शब्द रचना रहेको क्रान्तिकारी भावनाले ओतप्रोत उक्त गीतमा जनवादी गायक तथा संगीतकार आरोह सीको सङ्गीत तथा स्वर, साथै गायक रमन थामी, लक्ष्मण पाख्रिन, निर्मला घिसिङ र प्राञ्जली साउदले समेत यस गीतमा स्वरमा दिएका छन् ।
गीतमा मानवतामा एक भएको मुक्त जीवन बनाउन, समान संसार निर्माण गर्न र सुन्दर सपना पूरा गर्न संघर्षमा अघि बढ्न प्रेरित गर्दै देश मुक्त गर्न सबैलाईआह्वान गरिएको छ ।
भ्रष्टहरुलाई बढार्दै, कुपुतलाई खाली गर्दै देशलाई साँचो माया गर्नेहरु क्रान्तिमा अघि बढौँ भन्दै गीतले देशभक्त अघि बढे क्रान्ति अवश्य जित्न सकिने र दलालहरुलाई लखेटेर समाजवादको झण्डा फहराउने भाव व्यक्त गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.