नक्कली पेस्तोलले सर्वसाधारण आतंकित पार्ने युवाहरु प्रहरी नियन्त्रणमा

डेली न्युजराप्ती       २३ माघ २०७८ १७:५० मा प्रकाशित     455 No Comments


तुलसीपुर। इलाका प्रहरी कार्यालय तुलसीपुरले नक्कली पेस्तोल र खुँडासहित तुलसीपुरबाट सात युवा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का २५ बर्षीय सन्तोष बस्याल, सोही ठाउँका १८ बर्षीय मनोज बिक, २३ बर्षीय पोषण वली, १८ बर्षीय बिवेक बस्नेत, २१ बर्षीय अनिल मियाँ, १८ बर्षीय मोहन बस्नेत र तुलसीपुर ६ का २१ बर्षीय केतु वली रहेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।
उनीहरुको साथबाट मेडइन चाइना लेखेको नक्कली पेस्तोल एक थान, रातो कभर भएको खुँडा एक थान, बञ्चरो एक थान र हँसिया तीन थान बरामद भएको डिएसपी अर्यालले जानकारी दिए ।
उनीहरुलाई आइतबार बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ भिउडहरबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

रातको समयमा खाली जमिनमा आगो बालेर होहल्ला गरि पेस्तोल र हातहतियार देखाउँदै सर्वसाधारणलाई आतंकित पारेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
‘ यो लुटपाट गर्ने समुह हो कि होइन ? भन्ने आशंका भइरहेको छ,’ एसपी काफ्लेले भने ‘ उनीहरुले भिउडहरस्थित खाली गोठमा ती सामानहरु राखेर आतंका सृजना गर्दै आएको प्रहरी अनुसन्धानकाक्रममा खुलेको छ।’
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार