नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा विपन्नको निर्माणाधीन आवास निर्माण कार्य सम्पन्न,हस्तान्तरण छिट्टै गरिने

डेली न्युजराप्ती       २० श्रावण २०७८ १९:४७ मा प्रकाशित     993 No Comments


हेमन्त वली श्रावण-२०,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङ द्वारा निर्माणाधीन लमही नगरपालिका-३ जखेरा टिकुलिगढ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरिको आवास निर्माण कार्य बुधबार सम्पन्न भएको जनाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनकले आवास निर्माण कार्य सम्पन्न भएको बताए।

नेपाल कम्युनिस्ट पार्टी द्वारा नवनिर्मित विपन्न रुकमान चौधरीको आवास

श्रावन ५ गते नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला बिशेष कमिटीका सदस्य नेता बिक्रमले आवास निर्माण कार्यको शिलान्यास गरेका थिए।
अति विपन्न रुकमान चौधरीको आवास निर्माणमा स्थानीय तथा जिल्लामा बसोबास गर्ने व्यवसायी,समाजसेवीहरुले नगद तथा जिन्सी सहयोग गरेको र पार्टीका नेता-कार्यकर्ताको जनश्रमदानबाट आवास निर्माण गरिएको नगर इन्चार्ज जनकले बताए।

विपन्न रुकमान चौधरीको हालको जिर्ण अवस्थामा रहेको घर

लमही स्थित पुनम इन्टरप्राइजेज तथा उधोग वाणिज्य संघ तथा लुम्बिनी प्रदेश कोषाध्यक्ष रतनप्रसाद श्रेष्ठले रु ४६०००।-बराबरको रंगिन हुलास जस्तापाता सहयोग गरेका थिए।दाङ देउखुरी निवासी कल्यान अधिकारी र सन्दीप पाण्डेले १०/१० बोरा सिमेन्ट सहयोग गरेका थिए भने लमही उधोग वाणिज्य संघले नगद रु ११२००।- सहयोग गरेको थियो।
यस्तै तुलसीपुर निवासी शितल बुढा मगर, वैतडी निवासी प्रकाश कार्की र तुलसीपुर निवासी दिपक पुनले नगद रु १८०००।- सहयोग गरेका थिए भने लमही निवासी समाजसेवी रामसिंह खत्रीले १० बोरा सिमेन्ट र १ ट्र्याक्टर बालुवा गरि करिव ९०००।- बराबरको जिन्सी सहयोग गरेको बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनकले आवास हस्तान्तरण कार्यक्रममा अवास निर्माण लागत,आयव्यय सार्वजनिक गरिने बताएका छन।

नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा अति विपन्न,असहाय,सुकुम्बासीको आवास निर्माणमा सक्रियता देखाएको छ। पार्टीले जिल्लाको शान्तिनगरमा पनि अति विपन्न दल बहादुर कुमाल परिवारको आवास निर्माण सम्पन्न गरि विपन्नलाई घर हस्तान्तरण गरिसकेको छ भने कोरोना महामारीमा कोभिड विरामीका कुरुवाले कोरोना बिशेष अस्पताल बेलझुण्डिमा भोग्नुपरेको समस्यालाई मध्यनजर गरि अस्पतालमा विरामी कुरुवा प्रतीक्षालय निर्माण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार