एमसिसी विरुद्ध भोलि विप्लव नेकपा सहित ८ दलिय मोर्चाद्वारा देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ

डेली न्युजराप्ती       ७ फाल्गुन २०७८ २१:१८ मा प्रकाशित     519 No Comments


काठमाडौँ: एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले भोलि आइतबार काठमाडौँमा संसद् भवन र देशभरका जिल्ला प्रशासन कार्यालय घेर्ने भएका छन् ।
६ दल र २ मोर्चाको शनिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद् भवन घेर्ने र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनसङ्घर्षको कार्यक्रम घोषणा गरेको हो ।
बैठकले अमेरिकी राजदूत ¥यान्डी बेरीको ट्विट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसद्मा टेबुल गरी पारित गराउने अन्तिम कसरतले नेपाली जनताको एमसीसीविरुद्धको सङ्घर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ । बैठकले घोषित जनसङ्घर्षको कार्यक्रममा व्यापक सहभागिता र उच्च सफलताका निम्ति एमसीसीका विरुद्ध सङ्घर्षरत सबै शक्ति र आमजनसमुदायमा विनम्र अनुरोध पनि गरेको छ ।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष सुशील, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्तिमा एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधीनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसङ्घर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको उल्लेख छ।

दाङमा व्यापक बिरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ हुने:
यस्तै दाङमा नेकपा सहित कृयासिल ३ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आयोजनामा भोली बिरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार