कार्तिक १४,दाङ ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाले व्यवसायिक सयपत्री फुलको खेती गरेको छ ।
संस्थाले तुलसीपुर -१७ बेलझुण्डीमा तिहारका लागि गरेको सयपत्री फुल बिक्रीवितरण सुरु गरेको हो ।
तिहारका लागि उत्पादन गरिएको सयपत्री फुल तिहार नजिकिएसंगै ग्राहकको माग बमोजिम बिक्रीवितरण सुरु गरिएको संस्थाका अध्यक्ष प्रदिप बहादुर वलीले जानकारी दिए ।
उनले भने – ‘ नेपाली बजारमा सयपत्री फुलको माग र बिदेशी फुल /मालाहरुको खपतलाई रोक्न हामिले व्यवसायिक फुल खेती सुरु गरेका हौं । हाम्रो आग्रह ,अपिल छ स्वदेशी उत्पादन प्रयोग गरौं । आत्मनिर्भरताका लागि स्वदेशी उत्पादन प्रयोग गर्ने गर्नुपर्दछ । हामिले केवल नाफाका लागि खेती गरेका होइनौँ , यो आत्मनिर्भरताको लागि एउटा सन्देश हो ।’
इच्छुक ग्राहकले सयपत्री फुल तुलसीपुर-१७ बेलझुण्डीमा बेलझुण्डीबाट खरिद गर्न सक्नेछन ।
तुलसीपुर-५ मा केन्द्रीय कार्यालय रहेको एकीकृत एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडले माछापालन , पशुपंक्षी तथा कृषि क्षेत्रमा लगानी गरेको छ ।
संस्थाले बेलझुण्डीमा सहकारि एग्रो टुरिजमको अवधारणालाई अगाडी बढाएको संस्थाका उपाध्यक्ष दिपेन्द्र वलीले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.