भदौ ५ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टी राप्ती गाउँकमिटीको तेस्रो आवधिक योजनाको दोस्रो बैठक सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न दोस्रो बैठकले पार्टी हितको लागि दुरगामी एवम महत्वपूर्ण निर्णय गरेको जनाइएको छ ।
बैठकले जिल्ला समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने , राजनीतिक अन्तरक्रियाको आयोजना गर्ने , पार्टीका वडा कमिटी तथा सेल कमिटीहरु पुनर्गठन गर्ने , गाउँपालिकामा राजनीतिक ध्रुवीकरण अभियानलाई तिब्रता दिने निर्णय गरेको छ ।
यस्तै बैठकले एकीकृत जनक्रान्तिका सहिद महानको शालिक निर्माणका लागि पार्टी जिल्ला कार्यालयलाई सहयोग गर्ने , गाउँपालिकाभरी क्रान्तिकारी , प्रगतिशील , देशभक्त , समाजवादीहरु एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु संग सहकार्य गर्ने निर्णय समेत गरेको छ।
बैठकले सामाजिक विभेद , विकृती , विसंगतीका विरुद्ध जनपरिचालन गर्ने , लघुवित्तीय संस्थाहरुको ज्यादतीका विरुद्धमा संघर्ष गर्ने , एमसिसि परियोजनाका विरुद्धमा बिरोध प्रदर्शन गर्ने लगाएतका निर्णयहरु गरिएको नेकपा राप्तीले जनाएको छ ।
पार्टीले चलाएको आत्मनिर्भर उत्पादन कार्यले पार्टी जनताका बिचमा आकर्षणको केन्द्र बन्दै गइरहेकाले यसलाई अझै व्यवस्थित गर्दै जाने समेत बैठकबाट निर्णय गरिएको छ ।
नेकपा राप्ती गाउँकमिटीका सेक्रेटरी अदिप सीको अध्यक्षता एवम सहजीकरणमा बसेको बैठकमा पार्टीका केन्द्रीय एवम दाङ निर्वाचन क्षेत्र नं.१ इन्चार्ज बिक्रम सीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका राप्ती गाउँकमिटीका इन्चार्ज सुरज सीको समेत आतिथ्यता रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.