कपिलवस्तु । नेकपा कपिलवस्तुद्धारा पार्टी नीति विपरित पैसा उठाएर पार्टीको बदनाम गरेको भन्दै प्रशान्त विकलाई कालोमोसो र चच्पलको माला लगाएर कारवाही गरेको छ । मंगलबार कपिलवस्तुको बाणगंगामा लुकेर बसेको अवस्थामा जनताले सूचना गरेपछि प्रशान्तलाई वडा नं. ११ को बरव चोकको सार्वजनिक स्थानमा जनताको सहभागिता सहित कारवाही गरेको हो । प्रशान्त बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् अर्घाखाँचीका मालारानी गाउँपालिकाका हुन् । उनी विक्रान्त नामले चिनिन्थे । गुल्मीको पूर्वी क्षेत्र ठूलो लुम्पेकलगायत कार्यक्षेत्रमा रहँदा समेत पार्टी नीति विपरित कार्य गरी पार्टी संगठन ध्वस्त पारेको, राजनीतिक तथा सांगठनिक अराजकता मच्चाएको, अनुशासनहीन भएको आदि कारण नेकपाले कपिलवस्तु सरुवा गरेको थियो ।
कपिलवस्तुमा समेत पार्टी नीति विपरित कार्यलाई कार्यलाई निरन्तरता दिएकोले उनलाई पटक–पटक पार्टी अनुशासन र नीतिमा बस्न र सच्चिन निर्देशन दिएपनि नसुध्रिएकोले सांकेतिक कारवाही गरेको नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जुझारुले बताउनुभयो । उनलाई पार्टीले २०७७ सालमा नै निलम्बन गरी श्रम शिविरमा पठाएको थियो । श्रम शिविरमा समेत नसुध्रिएपछि प्रशान्त भागेर गोप्य रुपले विभिन्न स्थानमा बस्दै आएका थिए । उनलाई गुल्मीबाट सरुवा गरेपछि पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाउँबाट रकम असुल्ने, पारदर्शिता नदेखाउने र रकम हिनामिना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताउनुभयो ।नेकपाले पार्टी नीति विपरित आर्थिक अराजकता मच्चाउने र पार्टीको बदनाम गरी बसेका र संरक्षण खोज्दै पार्टी छाडेकाहरुलाई कारवाही गर्ने केन्द्रीय नीति अन्तर्गत प्रशान्तलाई सांकेतिक कारवाही गरेको बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.