कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आगामी ५ बर्ष समग्र नेपालको कम्युनिस्ट आन्दोलन , नेपाली क्रान्ति र नेपाल कम्युनिस्ट पार्टीका लागि महत्त्वपूर्ण समय हुने बताएका छन । पार्टीको नवौं केन्द्रिय कमिटीको तेस्रो पुर्ण बैठकमा प्रस्तुत दस्तावेजको मुख्य सारबारे प्रस्ट पार्दै मङ्गलवार शुरु भएको केन्द्रिय समिति बैठकमा महासचिव विप्लवले यस्तो बताएका हुन ।
पार्टी योजनालाई कडाइपुर्वक लागु गरौ , एकीकृत जनक्रान्तीलाई अगाडी बढाउ भन्ने शिर्षकको ११ पृष्ठ लामो लिखित दस्तावेज र पार्टीको आवधिक योजनागत एजेन्डामाथि उद्घाटन मन्तव्य राख्ने क्रममा नेकपा महासचिव विप्लवले – नेपालको आजको सामाजिक ,राजनीतिक र आर्थिक क्षेत्रमा देखिएको अराजकता र संकट कुनै व्यक्ति वा दल बिशेषको होइन , यो भनेको विद्यमान सत्ता संरचना र समग्र पुजिवाद कै संकट भएको उल्लेख गरेका छन।
” आगामी ५ वर्ष नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन , पार्टी , क्रान्ति र मुलुकको राजनीतिक परिस्थितिका लागि निकै निर्णायक र महत्त्वपूर्ण हुनेछ , यो कुरालाई ठिक ढंगले बुझेर हामी अगाडी बढ्नु पर्छ” उनले भने-” नेपालमा अहिले साम्राज्यवादले एमाले र माओवादी केन्द्रलाई पश्चिम बङ्गालको जस्तो र नेकपालाई पेरु र इन्डोनेसीयाको क्रान्ति जस्तो बनाउने कोसिस गरिरहेको छ।”
मन्तव्यको क्रममा महासचिव विप्लवले – क्रान्तिको क्रममा बिगतमा पुर्णकालिन नेता कार्यकर्ता भन्नाले घर छोडेर पार्टीका लागि कुनै पनि ठाँउ र काममा आफ्नो सम्पुर्ण समय दिएर काम गर्ने कार्यकतालाई भनियो तर अहिले समय बदलिएकोले अब पुर्णकालिन नेता कार्यकर्ताको परिभाषा बदलिएको छ र अहिलेको क्रान्तिकारी आन्दोलनमा पुर्णकालिन भनेको कुनै न कुनै रुपमा आर्थिक उत्पादन सङ्ग जोडिएर जनताको सेवा गर्ने कुरा भएको बताएका छन ।
एक फरक प्रसङ्गमा महासचिव विप्लवले भने-“हामीले नेपाली समाजको सामाजिक , सास्कृतिक बिभेद असमानता र उत्पिडनलाई अन्त्य गर्दै भेदभाव रहित , न्यायपुर्ण र मानवताप्रेमी सभ्यताका लागि सी जाति निर्माणको गर्ने निष्कर्ष निकालेका छौ । सी जाति निर्माण गर्ने कुरा सांस्कृतिक लडाई पनि हो । यसबारे अध्ययन र तथ्यको आधारमा बहस गर्न जरुरी छ” उनले थपे-” नेपालको कम्युनिस्ट आन्दोलनमा जनचेतना र जनभावनालाई पक्रिनु पर्छ भन्ने नाममा पिछडिएको चेतना तिर फर्किएको देखियो ।”
मन्तव्यको क्रममा उनले – महाधिवेशनबाट निर्माण भएका कमिटीहरु कामयाबी हुनुपर्छ भनेर आफुले केन्द्रिय समिति बैठक अघि नै केन्द्रिय सल्लाहकार समिति र केन्द्रिय प्रतिनिधि समितिको समेत बैठक गरेर धारणा र सुझाव लिएको बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.