एमसिसी विरुद्ध नेकपा निकट जवस/मोर्चा आन्दोलित,पुस ६ गते देशव्यापी बिरोध जुलुस

डेली न्युजराप्ती       ५ पुष २०७८ ०९:०८ मा प्रकाशित     666 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाले आइतबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन।

आइतबार नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै एमसिसी विरुद्ध पुस ६ गते देशव्यापी बिरोध प्रदर्शन र बिरोध सभाको कार्यक्रम घोषणा गरेका थिए। उक्त ८ दलिय बिरोध कार्यक्रममा ऐक्यबद्धता जनाउदै विप्लव निकट जवस/मोर्चाले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

संघर्षका कार्यक्रम अन्तर्गत पुस ६ गते काठमाडौमा माइतीघर मण्डेलाबाट बिरोध जुलुस तथा सभा गर्ने र पुस ६ गते देशव्यापी बिरोध जुलुसको आयोजना गर्ने बिज्ञप्तिमा उल्लेख छ। यस्तै बिज्ञप्तिमा थप संघर्षका कार्यक्रम आगामि परिस्थितिलाई हेरेर तय गरिने बताइएको छ।

यस्तै नेकपा दाङ निकटका जवस/मोर्चाले पुस ६ गते १२ बजे घोराहिको सहिद गेटबाट बिरोध जुलुसको आयोजना गर्ने जनाएका छन। संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार