नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय उत्पादन विभागद्वारा सञ्चालित व्यवसायिक योजनसहितको सीप विकास तालिम कार्यक्रमको समापनसहित सी उद्मोग उद्घाटन कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ । उद्योगको महासचिव विप्लव सीले उद्घाटन गर्नु भएको हो ।
विप्लवले उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्ने जिकिर गर्नुभएको छ ।उत्पादन प्रणालीमार्फत वैदेशिक रोजगारीका दर घटाउन पहल गर्नुपर्ने भन्दै महासचिव विप्लवले राज्यको नितिले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले पार्टीको उत्पादन नीतिले आफू प्रभावित भएको बताएका थिए । विजय सीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन दिनेश सीले गर्नुभएको थियोे । कार्यक्रममा प्रशिक्षकको रुपमा सन्दिप सापकोटा र प्रकाश अधिकारी रहनुभएको थियोे । नेकपा केन्द्रीय उत्पादन विभागद्वारा माघ १२ देखि सञ्चालन गरिएको तालिम १६ गतेसम्म पार्टी केन्द्रीय कार्यलयमा कपिलवस्तमा सञ्चालन गरिएको थियोे ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रप्रशिक्षकहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरियो थियोे ।कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख अजय थापालाई सोही ठाउँमा उत्पादन गरिएको उपहार फिनेल, हार्पिक, ह्यान्ड वास ल, डिस वास, कोलिन प्रदान गरिएको थियोे ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.