एमसिसी विरुद्ध नेकपाले लप्सीफेदीबाट मार्चपास गर्ने

डेली न्युजराप्ती       ३ आश्विन २०८० १३:११ मा प्रकाशित     369 No Comments

नेपाल कम्युनिस्ट पार्टीले एमसीसी विरुद्ध घाेषणा गरेको दाेस्राे चरणको सङ्घर्षकाे कार्यक्रम असाेज ४ गतेदेखि सुरु हुँदैछ । एमसीसी विरुद्ध ४ गते हुने मार्चपासकाे तयारी पूरा भएको नेकपाले जनाएको छ ।

लप्सीफेदीबाट सुरु हुने कार्यक्रमको उद्घाटन नेकपा स्थायी समिति सदस्य शिलुले गर्नेछन् । साे उद्घाटनलाई प्रभावकारी बनाउन असाेज ४ गते बिहान ११ बजे गाैशाला चाेकबाट भटभटेसहितकाे जुलुस लप्सीफेदी जाने र १२ उद्घाटन हुने जानकारी नेता कृति सीले दिएका छन् । कार्यक्रममा सामना परिवार सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार