तुलसीपुर खानेपानी निर्वाचन: कांग्रेसले कारवाही गर्यो बागी उम्मेदवार

डेली न्युजराप्ती       १५ पुष २०७८ १३:०३ मा प्रकाशित     542 No Comments


हेमन्त प्रकाश वली,तुलसीपुर। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पौष १७ गते हुनगइरहेको निर्वाचनमा कृयाशिल नौ दलको संयुक्त प्यानलको विरुद्ध बागि उम्मेदवारहरुलाइ नेपाली कांग्रेसले कार्वाही गरेको छ।
नेपाली कांग्रेस तुलसीपुर नगर समितिका सभापति शुरेस हमालले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट नौ दलिय सहमती अनुसार अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी सहितको संयुक्त साझा उम्मेदवारहरुलाइ जिताउन आम उपभोक्तालाई अपिल समेत गरेका छन।

बिज्ञप्तिमा सहमती बेगर बागी अध्यक्ष पदका उम्मेदवार पबनराज बुढाथोकी,उपाध्यक्ष पदका उम्मेदवारद्वय गिरिधारी पौडेल र पुर्ण प्रसाद धिताल र कोषाध्यक्ष पदका उम्मेदवारद्वय मेघराज न्यौपाने र भोला प्रसाद थापाले आफ्नो उम्मेदवारी फिर्ता लिने समयसिमा भित्र उम्मेदवारी फिर्ता नलिएकाले पार्टी निर्णय बिपरित उम्मेदवारी दिएका ५ जना उम्मेदवारहरु समेतले यमकान्त भण्डारी टिमलाइ सहयोगका लागि अनुरोध गरिएको छ भने यी पाच जना उम्मेदवारहरु नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार नभएको हुदा उहाँहरुको नाममा मतदान नगर्न आम उपभोक्तालाई अनुरोध गरिएको छ।
यस्तै बिज्ञप्तिमा नौ दलिय सहमती अनुसार साझा अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य,सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवारद्वय पदमबहादुर खड्का र लक्ष्मण केसिलाई जिताउन अपिल समेत गरिएको छ।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार