नेकपा (एस) निकट अनेरास्वीयू दाङका अध्यक्ष भण्डारी एमालेमा प्रबेश

डेली न्युजराप्ती       ६ चैत्र २०७८ ०७:३८ मा प्रकाशित     349 No Comments


तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अनेरास्वीयू दाङ जिल्ला अध्यक्ष डि.आर. भण्डारी नेकपा एमालेमा प्रबेश गरेका छन् ।

एमाले दाङ जिल्ला सचिब मनोहर बुढाथोकी, दाङ जिल्ला सदस्य तथा तुलसीपुर नगर ईन्चार्ज मान बहादुर रावत र नगर अध्यक्ष माधव ओलिले नेकपा एस निकट अनेरास्वीयू दाङ जिल्ला अध्यक्ष भण्डारीलाई एमालेमा प्रवेश गराएको नेकपा एमाले तुलसीपुर नगरका प्रचार बिभाग प्रमुख हेमराज डागीले जानकारी दिएका छन। एमालेमा हुँदा पनि अनेरास्वीयुमा सक्रिय रहेका भण्डारी पार्टी विभाजन पछि समाजवादीमा सक्रिय थिए । उनी आगामी स्थानीय तहको निर्वाचनमा तुलसीपुर १६ बाट नेकपा एसबाट वडा अध्यक्षको दावेदार हुन् । पछिल्लो समय देशभरबाट एमालेमा प्रवेश गर्ने लहर चलिरहेको वेला नेकपा एसको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष पनि एमालेमा प्रवेश गरेका हुन् । विद्यार्थीको जिल्ला अध्यक्ष एमालेमा प्रेवेश गरेसंगै नेकपा एसलाई झट्का लागेको छ ।

बिगतमा भण्डारीको योगदान अनेरास्ववियुमा महत्त्वपूर्ण रहेको उनलाई अनेरास्ववियुमा उपयुक्त जिम्मेवारी दिने अनेरास्ववियु केन्द्रिय सदस्य तथा दाङ सह इन्चार्ज गोपाल रेग्मीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार