चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्दी गरियो: इन्चार्ज बिष्ट

डेली न्युजराप्ती       २० माघ २०७८ १६:३७ मा प्रकाशित     574 No Comments


हेमन्त प्रकाश वली,दाङ। अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टले चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्दी गरिएको ठोकुवा गर्नुभएको छ।
नेकपा निकट संयुक्त जवस/मोर्चाले दाङको घोराही स्थित तुलसीपुर चोकमा आयोजना गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले उक्त कुरा बताउनुभएको हो।
उहाले दलाल पुजीवादी राज्यसत्ताले जनताको ढाड सेक्ने गरि पटकपटक गरिएको मुल्यबृद्दी फिर्ता नगरेसम्म आफुहरु ले संघर्ष जारी राख्ने समेत बताउनुभएको थियो।
नेता बिष्टले मुल्यबृद्दीको बिरोध गर्न आम जनसमुदायहरु सडकमा उत्रनु पर्ने धारणा राख्नुभएको थियो। उहाले भन्नुभयो,”मुल्यबृद्दीको बिरोध हामिले मात्रै गर्ने,हाम्रो मात्रै सरोकार होइन। यो मुल्यबृद्दीले आम जनताको ढाड सेक्ने काम गरेको छ,तपाईं हामी सबै मिलेर लडाइँ लड्ने हो।”

कोणसभालाइ सम्बोधन गर्दै जनक्रान्तीका महान सहिद परिवार संगठनका केन्द्रीय सदस्य धर्तीले दलाल पुजीवादी राज्यसत्ता रहेसम्म जनताले मुल्यबृद्दी लगाएत तमाम सास्ती बेहोर्नुपर्ने बताउनुभएको हो। उहाले नेपाली जनताहरु यो भ्रष्ट संसदीय व्यवस्थाका विरुद्ध एकपटक एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद प्राप्तीको यात्रामा लामबद्द हुन अपिल समेत गर्नुभएको थियो।
नेता धर्तीले जनतालाइ रैती दास बनाउने र पटकपटक मुल्यबृद्दी गरि जनताको उठिबास गराउने हर्कतका विरुद्ध आफुहरु निर्मम संघर्ष गरिरहने धारणा व्यक्त गर्नुभएको थियो।
कोणसभा कार्यक्रमको सहजीकरण श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय समिति सदस्य सुरजले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार