दीपक बोहरा
दाङ, १४ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरजुपुर भएरै बग्ने बग्छ,बरुवागाउँले कुलो । त्यही कुलोमा अहिले बनिरहेका छन्, ब्यबसायिक सटर । तल कुलो छ, त्यसमा वाल लगाएर माथि ब्यबसायिक सटर निकालिदैछ । त्यसरी कुलाको माथि ब्यबसायिक सटरहरु निकाल्ने ब्यक्ती सामान्य ब्यक्ती भने होईन्न । उनी तुलसीपुरका जमिनदार मध्येका एक ब्यक्ती हुन् । त्यति मात्रै होईन्, पूर्व सांसद तथा काँग्रेसकै बहालवाला केन्द्रीय गेहेन्द्र गिरी हुन् । तर, उनले एउटा सुकुम्वासी जसरी नै कुलो माथि टहरा बनाइरहेका छन् । कुलोको दक्षिणतिर उनको घर र जग्गा छ । उत्तर तिर कुलो छ । त्यही कुलोको माथि उनले ब्यबसायिक सटर निकाल्न अहिले निर्माणको काम गरिरहेका छन् । १० वटा भन्दा बढि सटरहरु निकाल्ने गरि काम भइरहेको छ । ति सटरहरु गोदामकालागि प्रयोग गर्ने गरि निर्माण थालिएको छ । कुलोको माथि वाल उठाएर यसरी टहरा बनाउन लागिएको हो ।“मुनी कुलो बग्छ, माथि टहरा पनि प्रयोग हुन्छन्”,उनले भने“मान्छेले बाटाघाटा, खोला सबै जफत गरिसके, हामीले कुलो पनि संरक्षण हुने गरि माथि सटर निकाल्दैछौं ।”
कुलोले वरिपरीको जग्गा कटान गरेकाले पनि तल तटबन्ध जस्तो पनि हुने र माथि ब्यबसायिक सटरहरु हुने हुदा दुबै तिर फाईदा हुने उनले बताए । जग्गाको विषयमा गिरी पटक–पटक विवादित हुँदै आएका छन् । यस अघि बजार भित्रकै जग्गा खाली राख्दा बजार विस्तारमा समस्या हुने गरेको भन्दै आलोचना पनि हुने गरेको थियो । घोराही रोड स्थित जग्गामा लामो समयदेखि मोहीको विवाद थियो । हाल त्यो जग्गामा मोहीको विवाद सल्टिएपछि प्लटिङ गरेर विक्री गर्न थालिएको छ । गिरी पश्चिम दाङका पुराना नेता हुन् । उनी २०५४ सालमा तत्कालिन दाङ क्षेत्र नं. ४ बाट निर्वाचित सांसद पनि हुन् । त्यसयता भने उनी कुनै पनि लाभको पदमा भने गएका छैनन् । २०६४ र २०७० सालको निर्वाचनमा उनी भाग लिन पाएनन् । २०७४ सालको स्थानीय निर्वाचनमा उनी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा उम्मेदावर बनेपनि एमाले नेता घनश्याम पाण्डेसंग पराजित भए । त्यसपछि उनी २०७९ सालको निर्वाचनमा पनि नगर प्रमुखकै उम्मेदवार बने । त्यसबेला पनि एमाले नेता टिकाराम खड्कासंगै हार ब्यहोरेका थिए ।
बरुवागाउँले कुलो मासिने डर
बरुवागाउँले कुलोको माथि सटर निकाल्ने गेहेन्द्र गिरी पहिलो ब्यक्ती भने होइनन् । तुलसीपुर स्थित नाम चलेको एकान्त होटेलले समेत कुलोको माथि ठूला–ठूला भवन बनाइरहेको छ । यसरी सार्वजनिक सम्पतिलाई कसैले पनि हडप्न पाइदैन । खेति योग्य जमिन पनि विस्तारै प्लटिङमा परिणत भएपछि यो कुलो हराउने हो की भन्ने स्थानीयको चिन्ता रहेको छ । त्यो कुलो कुनै बेला २० मिटर भन्दा बढि थियो । तर, अहिले त्यो ३÷४ मिटर पनि छैन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.