नेकपा दाङले विभिन्न बिधालयमा सरसफाइ गर्दै मनायो प्रत्येक महिना मनाउने ‘रचनात्मक डे’

डेली न्युजराप्ती       २८ भाद्र २०८१ १६:२६ मा प्रकाशित     151 No Comments

भदौ २८,दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले विभिन्न बिधालयमा सरसफाइ गर्दै ‘रचनात्मक डे’ मनाएको छ ।
जिल्ला पार्टीको निर्णय अनुसार नेकपाले प्रत्येक महिनाको अन्तिम शुक्रबार रचनात्मक डे मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार नेकपा दाङले भदौ महिनाको अन्तिम शुक्रबार आज दाङका विभिन्न पालिकाका सरकारी बिधालयमा सरसफाइ कार्यक्रमको आयोजना गरि रचनात्मक डे मनाएको हो ।

पार्टीले घोराही -२ को गंगा माबी , तुलसीपुर -१८ स्थित जनता संस्कृत माध्यामिक बिधालय , तुलसीपुर -३ स्थित सरस्वती माध्यामिक बिधालय दमारगाउँ , राप्ती गाउँपालिका -१ भालुबाङको स्वर्गद्वारी प्राबी तथा गृहणी आदरभुत बिद्यालय र शान्तिनगर गाउँपालिकाको बुद्ध माबी शान्तिपुरमा सरसफाइ गर्दै रचनात्मक डे मनाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले डेलीन्युजराप्तीलाई जानकारी दिनुभयो ।

सरकारी बिधालयको सरसफाइ कार्यक्रममा पार्टीका सबै तहका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

तुलसीपुर -१८ को जनता संस्कृत माबीमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले पार्टीको यो अभियान नौलो र अति उपयोगी रहेको बताउनुभएको हो।

उहाँले भन्नुभयो – ‘ यो फोहोरको सरसफाइ मात्रै होइन पुरानो सत्ताको सरसफाइ गर्ने अभियान पनि हो । सार्वजनिक स्थल , घरपरिसर सफा गर्दै पर्यावरणीय सुरक्षामा ध्यान दिनसके मात्र सरसफाइ युक्त समाज निर्माण हुन सक्छ । त्यसका साथसाथै हामिले यो बुर्जुवा सत्ताको पनि अन्त्य गर्न आवश्यक छ , यो सत्ता फोहोरको डंगुरभन्दा कम छैन् । संसदीय सत्ताले नेपाली जनतालाई रोगी बनाइरहेको छ त्यसकारण यसको सरसफाइ पनि अती आवश्यक बनिरहेको छ । यो सत्ताको विकल्प भनेको समाजवादी सत्ता नै हो ।’

यस्तै कार्यक्रममा बोल्दै बिधालयका प्रअ तथा विव्यस अध्यक्षले नेकपाको यसप्रकारको अभियान सकारात्मक रहेकाले निरन्तरताको कामना सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सरसफाइ कार्यक्रमको सहजीकरण पार्टीका तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीले गर्नुभएको थियो ।

नेकपा दाङले प्रत्येक महिनाको अन्तिम शुक्रबार मनाउने रचनात्मक डे कार्यक्रमलाई निरन्तर कार्यान्वयन गर्दै तेस्रो हप्ताको कार्यक्रम समेत सम्पन्न गरेको छ ।

पार्टीले आगामी असोज महिनाको रचनात्मक डेलाई अझ प्रभावकारी बनाउने बिषयमा समेत छलफल गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार