नेकपा घोराहीले यो वर्ष ४ बिघा बढि जमिनमा धान रोप्दै

डेली न्युजराप्ती       १८ श्रावण २०८२ १७:३९ मा प्रकाशित     607 No Comments

हेमन्तप्रकाश वली ।
साउन १८,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले यो वर्ष ४ बिघा बढि जमिनमा धान रोप्न सुरु गरेको छ ।
जिल्ला पार्टीको प्रत्येक पालिका कमिटीले कम्तिमा २ बिघा जमिनमा धान रोप्नुपर्ने निर्णय गरेपछि पार्टीको घोराही उपमहानगर कमिटीले घोराही-९ ढिकपुरमा ४ बिघा ८ कठ्ठा बाँझो जमिन भाडामा लिएर खेती गर्न लागिएको घोराहीका सेक्रेटरी महान सीले जानकारी दिनुभयो ।

लगातार मौसम सुख्खा भएर पानीको अभाव देखिएर धान रोपाइँमा केहि ढिला भएको स्रोतले जनाएको छ ।

साउन १५ गतेदेखि सुरु गरिएको धान रोपाइँमा पार्टीका नेताकार्यकर्ताको उत्साहजनक सहभागिता रहेको पार्टीका केन्द्रीय सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज पाटन सीले बताउनुभयो ।

धान रोपाइँ आज नै सम्पन्न गर्नेगरि कामलाई तिब्रता दिएको नेता पाटन सीले बताउनुभएको हो ।

उहाँले राजनीति पेशा नभई सेवा भएकाले राजनीतिलाई उत्पादनसंग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार