संसदिय व्यवस्थाकाे समुल नष्ट नभएसम्म नेपालीकाे समृद्धिकाे चाहना सपना मात्र हाे: कञ्चन

डेली न्युजराप्ती       ११ भाद्र २०७८ २२:१० मा प्रकाशित     572 No Comments


न्यूजराप्ती समाचारदाता,सुर्खेत।नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले अहिलेको राजनीतिक सङ्कटको निकास दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन् ।

नेता कञ्चनले आफ्नो पार्टीका महासचिव विप्लवसहितको टिमले मुलुकका सबै संसद्वादी पार्टीहरूका नेतृत्वसँगको भेटघाटमा कसैले पनि वैज्ञानिक समाजवादको विरोध नगरेको र विकल्प पनि दिन नसकेको खुलासा गरे । उनले भने, ‘सबै पार्टीका नेताहरू संसदीय व्यवस्थाबाट असन्तुष्ट छन् तर उनीहरू विकल्प दिन पनि नसक्ने अवस्थामा छन् ।

नेता कञ्चनले आफ्नो पार्टीेले बृहत् कम्युनिस्ट एकताको अभियान सञ्चालन गर्ने पनि बताए । उनले भने, ‘वैज्ञानिक समाजवादका लागि प्रगतिशील संयुक्त सरकार गठन र जनमतसङ्ग्रहमा जाने सहमति गर्ने सबै कम्युनिस्टसँग एकता हुन्छ ।’
नेपाल कम्युनिष्ट पार्टि सुर्खेत काे जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम लाई सम्वाेधन गर्दै नेता कञ्चनले सबै जनताको सुरक्षित आवास, निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारको सुनिश्चितता भएको वैज्ञानिक समाजवाद आफ्नो पार्टीले खोजेको पनि बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा हालै जेलबाट छुटेका नेता भरत बम ‘रणवीर’ लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानपछि नेता रणवीरले मन्तव्य राख्दै जेल भित्रकाे अनुभूति समेत सुनाएका थिए । नेपाल कम्युनिस्ट पार्टी ले सञ्चालन गरेका जनमुखि कार्यक्रम वाट अत्तालियर नै प्रतिवन्ध लाउन वाध्य भएकाे नेता रणवीरले बताए ।उनले प्रतिवन्ध काे सवै ठाउँ सवै माेर्चा वाट शसक्त प्रतिराेध भएकै कारण सरकार प्रतिवन्ध हटाउन वाध्य भएकाे समेत बताए।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एटम विसि(रवि) ले पार्टी ले हालै सञ्चालन गरेकाे अभियान ले सरकारि संयन्त्र का सवै निकाय अत्तालिएकाे उल्लेख गरे।जनजिविका काे अान्दोलन अब जनताकाे घर बस्ती सवै तिर लिनुपर्ने नेता रवीको धारणा थियो।प्रशिक्षण कार्यक्रमकाे अध्यक्षता नेकपा सुर्खेत जिल्ला सचिव धुर्वले गरेका थिए भने सञ्चालन नेकपा सुर्खेत पुर्व सचिव तथा वर्तमान विरेन्द्रनगर नगरकमिटि इन्चार्ज यमराज खडकाले गरेका थिए। प्रशिक्षण कार्यक्रममा करिव २०० जना नेता-कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार