कार्तिक २४ , घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलले धर्मेन्द्र – सुदर्शन समूह दाङका नेता-कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन ।
नेता निर्मलले आफ्नो पार्टीले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजीका लागि चलाएको अभियानका विरुद्ध अराजनीतिक ढंगबाट धर्मेन्द्र-सुदर्शन समुहका कार्यकर्ताले देखाएको हर्कत सच्याउन आग्रह गरेका हुन ।
आसन्न मंसिर ४ को संसदीय निर्वाचन खारेजीका लागि नेकपाद्वारा टासिएका पोस्टरहरुलाई निषेध गर्दै वा टासिएका पोस्टरमाथी धर्मेन्द्र -सुदर्शन समुहले आफ्ना पोस्टर टासेको तथ्य फेला परेपछी नेकपाका घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलले यस्तो आग्रह गरेका हुन ।
नेता निर्मलले डेलिन्युजराप्ती संग फोन संवादमा भने – ‘हामिले टासेका पोस्टरलाई योजनाबद्ध ढंगले धर्मेन्द्र -सुदर्शन समुहका कार्यकर्ताहरुले च्यात्ने , हाम्रा पोस्टरमाथी आफ्ना पोस्टरहरु टास्ने लगाएतका अराजनीतिक हर्कत गरेको पाइयो । हामीसंग प्रमाण फेला परेका पनि छन । धर्मेन्द्र – सुदर्शन समुहलाइ न्युनतम राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गर्दछौं अन्यथा अराजनीतिक , योजनाबद्ध ढंगबाट क्रान्तीका विरुद्ध गरिएका दुस्साहसहरुलाइ टुलुटुलु हेरेर बस्न सकिदैन ।’
नेता निर्मलले योजनाबद्ध ढंगले पार्टी र क्रान्ती विरुद्ध गरिएका सबैखाले हमलालाई कायरताको पराकाष्ठाको संज्ञा दिएका छन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.