मालेमाका लागि बिश्व मञ्चद्वारा सलमान खानलाई नेपाल भित्र्याउने कार्यक्रमको बिरोध

developver mode       १४ चैत्र २०७८ ११:५९ मा प्रकाशित     343 No Comments


चैत्र १४,दाङ। पर्यटन मन्त्री प्रेम आलेलाई साक्षी राखेर काठमाडौंको दशरथ रंगशालामा तामझाम सहित भारतीय कलाकार सलमान खानलाई भित्र्याउने कार्यक्रम विवादमा परेको छ । मालेमाका लागि विश्व मञ्चले एक विज्ञप्ति जारी गर्दै खानलाई करोडौं खर्च गरेर नेपाल ल्याउने कार्यक्रमको विरोध गरेको हो ।

बिगतमा ठगी आरोपमा पक्राउ परेका सिमान्त गुरुङद्वारा संचालित ओडिसी इन्टरटेन्मेन्टले ‘दबङ लाइभ इन नेपाल’ को नाममा आगामी जेठ १४ गते खानलाई नेपाल ल्याउने तयारी गरेको छ ।

कोरोना महामारी र घिनलाग्दो राजनीतिका कारण संकटमा परेको नेपाली कला क्षेत्रलाई उपेक्षा गरेको भन्दै नेपाली कलाकारलाइ जनताबाट अलग गर्ने भित्री उद्देश्यले सहित भारतीय कलाकार काठमाडौं ल्याउन लागिएको प्रती मंचले खेद प्रकट गरेको छ । मंचका संयोजक लोकेश विश्वकर्माद्धारा जारी बिज्ञप्तीमा यस्ता खाले कार्यक्रमले सिंगो नेपाली कला क्षेत्रलाई अपमान र निरुत्साहित गर्ने दाबी गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ ‘बाहिर जे जस्तो हल्ला गरितापनि सलमान खान नेपाललाई प्रेम गरेर आउन लागेका हुँदै होइनन् , यो कार्यक्रमको मुख्य ध्यय उनको नाममा नेपालीको पैसा सोहोर्नु र नेपाली कलाक्षेत्रको अपमान गर्नु नै हो । जहाँसम्म पर्यटन प्रवर्द्धनको देखावटी कुरा छ उनलाइ ल्याउने भनेको ‘ सुन्दर बगैंचाको बिज्ञापनमा कागजी फुलको प्रयोग’ गर्नु जस्तै हो । त्यसैले यो औचित्यपूर्ण छैन । ‘

टुबोर्ग नामक मदिराको स्पोन्सरमा यो कार्यक्रम गर्न लागिएको हो । यसअघि पनि टुबोर्गकै नाममा कार्यक्रम गर्ने भन्दै करोडौं रुपैयाँ ठगि भएपछि ओडिसी इन्टरटेनमेन्टका मालिक गुरुङ पक्राउ परेका थिए । उक्त समयमा पनि चौतर्फी बिरोध पछि कार्यक्रम रद्ध भएको थियो ।

बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार