पहिलोपटक महिनावारी हुदा केक काटेर ‘सेलिब्रेसन’

डेली न्युजराप्ती       ४ माघ २०७८ २०:३३ मा प्रकाशित     363 No Comments


पोखरा: पोखरा विरौटाकी कक्षा ५ मा पढ्ने प्रदिष्णा सुवेदी मासिक श्राव (महिनावारी) भएपछि साथीभाइ जम्मा भएर ‘सेलिब्रेसन’ गरेका छन् ।
११ वर्षीषा प्रदिष्णा पुस २९ गते महिनावारी भएपछि परिवार पनि खुसी भयाे । त्यही दिन साँझ प्रदिष्णाको नाममा केक आइपुग्यो । त्यहाँ लेखिएको थियो, ‘ह्याप्पी फस्ट पिरियड माई बेबी !’
‘यसै पनि केक मलाई खुब मन पर्छ । मेरो फर्स्ट पिरियडमै केक ल्याएर सेलिब्रेसन गरिदिए पछि झनै खुुसी भएँ,’ उनी भन्छिन् । ‘फर्स्ट पिरियड’ सेलिब्रेसनमा साथ दिन साथी पनि आउँदा उनको खुसी झनै दोब्बर बढ्यो ।
प्रदिष्णाले महिनावारी हुँदा छोइछिटो चलेको त्यसअघि सुनेकी मात्रै थिइनन्, देखेकै थिइन् । महिनावारी भएकोबेला कसैलाई भान्सामा छिर्नै नदिएको, नजिक पर्नै नदिएको उनको आँखा अगाडिकै घटनाहरु थिए ।
तर प्रदिष्णा ती डरबाट पहिले नै मुक्त थिइन् । ‘मलाई पहिले नै मम्मीले (महिनावारीबारे) भनिराख्नु भएको थियो, त्यस्तो केही भयो भने मलाई भन् है,’ प्रदिष्णा सुनाउँछिन्, ‘पहिलो दिन अलि धेरै ढाड दुखेको थियो । त्यसबाहेक अरु दुःख भएन ।’ अन्य दिन झैं उनी भान्सा गइन्, बसिन्, खाइन् ।
छोरीको पहिलो मासिकश्राव भएको थाहा पाएपछि आमा कोपिला भण्डारीले आफ्नो बहिनीसँग सल्लाह गरिन् । परिवार पनि उनको योजनामा सामेल बने । उत्सव चल्यो । आफूहरुले छोरीको पहिलो मासिकश्रावलाई देखाउनका लागि मात्रै उत्सवका रुपमा नमनाएको कोपिला सुनाउँछिन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार