नेकपा दाङले शहिद महानको शालिक शिलान्यास गर्दै ११औं पार्टी पुनर्गठन दिवस मनाउने

डेली न्युजराप्ती       ५ मंसिर २०८१ २०:१० मा प्रकाशित     169 No Comments

मंसिर ५,दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले ११औं पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
पार्टीले मंसिर ८ गते पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

बुधबार तुलसीपुरको बिजौरीमा बसेको अनौपचारिक बैठकले पार्टी पुनर्गठन दिवसको अवसरमा एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान)को शालिक निर्माण कार्यको शिलान्यास गर्ने जनाएको छ ।

यस्तै पार्टीले पार्टीको जिल्ला बैठकको निर्णय अनुसार बबई गाउँपालिकाको हंसपुरमा एकीकृत जनक्रान्तिका सहिद कमरेड महानको शालिक निर्माण कार्य सम्पन्न गर्नका लागि भौतिक निर्माण समिती र आर्थिक समिती समेत गठन गरेको छ ।

बैठकले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा तुलसीपुरबाट बबई गाउँपालिकासम्म बाईक र्याली समेत गर्ने जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले मंसिर ८ श्रमिक वर्गका लागि ऐतिहासिक दिन भएकाले यसलाई समाजवादी आन्दोलनसंग जोडेर मनाउन लागिएको वताए ।

यस्तै पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले पार्टी पुनर्गठन दिवसमा नयाँ अभियानको उद्घाटन संगै नयाँ सपनाको उद्घाटन गर्ने सोचेको बताए ।

अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्था असफल भएकाले यसका विकल्प पार्टीले अगाडि सारेको नेपाली बिशेषताको समाजवादका लागि पार्टीले नयाँ अभियानको संखघोस गर्ने उदेश्य सहित पार्टी पुनर्गठन दिवसलाई हेरिएको नेता सविनले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार