पहिलोपटक चुनाव लड्न लागेका दाङ-३ का उम्मेदवार वलीले बनाए चुनावी अभियानलाई तिब्र

डेली न्युजराप्ती       ११ माघ २०८२ १८:०७ मा प्रकाशित     9 No Comments

माघ १०, तुलसीपुर ।
पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको नेकपा (माओवादी)ले दाङमा चुनावी अभियानलाई तिब्र बनाएको छ ।
पार्टीको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवारहरुले जिल्लामा निर्वाचन लक्षित जनभेटघाटलाई तिब्रता दिएका छन् ।

पार्टीबाट दाङ-३ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)ले पहिलोपटक संसदीय निर्वाचन लड्न लागेका छन् ।

उनले पहिलोपटकमै आफ्नो पक्षमा जीत निकाल्न चुनावी अभियानलाई तिब्र बनाएका छन् ।

उम्मेदवार वलीले पश्चिम दाङका गाउँबस्तीमा तत्कालीन जनयुद्ध , एकीकृत जनक्रान्तिका सहिद परिवार , घाइते योद्धा , बेपत्ता योद्धाका परिवारजन लगाएत जनसमुदायसँगको भेटघाटलाई तिब्र बनाएका हुन् ।

शनिबार उम्मेदवार बलबहादुर वली (शितल)ले दंगिशरण गाउँपालिका स्थित मौली गाउँका पार्टीका अगुवा नेताकार्यकर्तासँग भेटघाट गरेका छन् ।

यता दाङ क्षेत्र नं. १ मा पार्टीको तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा युवा नेता प्रकाश शाही चुनावी मैदानमा होमिएका छन् ।

उनले पनि पहिलोपटक संसदीय निर्वाचन लडदैछन ।
उम्मेदवार शाहीले पनि निर्वाचन लक्षित अभियानलाई आफ्नो निर्वाचन क्षेत्रमा तिब्र बनाएका छन् ।

नेकपा (माओवादी)ले देशैभरी गुलाबको फूल चुनाव चिन्ह सहित निर्वाचनमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार