दाङमा मजदुर जागरण अभियान व्यापक बन्दै,लमहिमा श्रमिक अधिकार केन्द्रित छलफल

डेली न्युजराप्ती       २१ पुष २०७८ १९:०६ मा प्रकाशित     395 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लामा संचालित मजदुर जागरण अभियानले तिब्रता पाएको छ।

मजदुर जागरण अभियानको टिमले दाङ प्रवेश गरेलगत्तै जिल्लाका विभिन्न ठाउमा मजदुर भेटघाट,छलफल तथा संगठन बिस्तारलाइ तिब्रता दिएको संगठनले जनाएको छ।
यसैक्रममा जागरण अभियान अन्तर्गत लमही नगरपालिकाका विभिन्न मजदुर तथा श्रमिकहरु संग जन भेटघाट तथा व्यापक छलफल गरिएको संगठनका केन्द्रीय समिती सदस्य संजयले जानकारी दिएका छन।
जागरण अभियानमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको अपरिहार्यता र श्रमिक अधिकारका लागि नेपाली जनतालाइ जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने सार्बभौम अधिकार दिने नेकपाले लिएको कार्यनीतिक एजेन्डा केन्द्रित छलफल चलेको संगठनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार