अबदेखि निजामती कर्मचारीले टिकटक बनाउन नपाइने , कारण यस्तो छ?

डेली न्युजराप्ती       २९ जेष्ठ २०८० २१:१४ मा प्रकाशित     99 No Comments

काठमाडौं,२९ जेष्ठ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हो । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको गाडी प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो,कार्यालयसँग सम्बन्धित कामबारे टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ । पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार