ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते!

डेली न्युजराप्ती       २ असार २०८० ११:२९ मा प्रकाशित     29 No Comments

काठमाडौं । ललितपुरको इमाडोलमा भएको बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ। लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस बिच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उक्त बसमा २४ जना यात्रु सवार थिए। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बसअनियन्त्रित भइ बीच सडकमा पल्टिएको हो। ग्वार्को निस्कन लागिरहेको अवस्थामा तिब्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झण्डै २० मिटर जति घिस्रिन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार