हेमन्त प्रकाश वली।
भदौ २५,दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ बस्ने कुल बहादुर वली (प्रतिरोध) झण्डै २२ वर्षदेखि निरन्तर क्रान्तिको नारा लेखिरहेका छन।
२०५२ सालदेखी सुरु भएको जनयुद्ध हुँदै जनयुद्धका अधुरा कार्यभार पूरा गर्न पछिल्लो पटक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको एकीकृत जनक्रान्तीसम्म उनले पुरानो सत्तालाई प्रतिरोध गरिरहेका छन।
२०५७ सालमा १३ वर्षको उमेरदेखि होलटाइमर कार्यकर्ता भएर जनयुद्धमा होमिएका प्रतिरोधले आजकाल एकीकृत जनक्रान्तीका नाराहरु लेखिरहेका छन।
विप्लव नेतृत्वको नेकपाको दाङ जिल्ला कमिटी सदस्यको हैसियतमा रहेका प्रतिरोधले हाल पार्टीको असोज १-८ सम्म काठमाडौमा हुन गइरहेको आसन्न नवौं महाधिवेशनको नारा लेखिरहेका छन।
दाङको धानखोला,भालुबाङ लगाएतका क्षेत्रमा आकर्षक नाराहरु लेख्दै प्रतिरोधले निरन्तर पुरानो सत्तालाई प्रतिरोध गरिरहेका छन।
‘ऐतिहासिक नवौं महाधिवेशन भव्य रुपले सफल पारौं!एकीकृत जनक्रान्तिको बिचारलाई नयाँ उचाईमा विकास गरौं!’ ‘एकीकृत जनक्रान्ती जिन्दावाद’ ‘अमेरिकी हस्तक्षेप बन्द गर’ ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद’ ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद!’ ‘दलाल संसदीय व्यवस्था मुर्दावाद’ ‘वीर शहिद-लालसलाम’ लगाएतका नाराहरु लेख्दै उनी अहिले नेकपाको आसन्न नवौं महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन प्रचार मोर्चामा खटिरहेका छन।
निरन्तर क्रान्तिको यात्रामा अबिचलित होमिरहेका प्रतिरोध जनयुद्धका सहिद परिवार समेत हुन। जनयुद्धमा उनका बुवा सहिद हुनुभएको थियो।
नेता प्रतिरोधका दिबंगत बुवा जनयुद्धका सहिद गंगाराम वली(तारादेव)लाई सिआइडिहरुद्वारा नियन्त्रणमा लिएर खुकुरी प्रहार गरि दोहोरो भिडन्तको नाममा २०५६ भदौ २९ गते रोल्पा पाखापानी-४ लोदचौरमा हत्या गरि प्रहरीलाई बुझाइएको थियो। तत्कालीन समयमा सहिद तारादेवको जिम्मेवारी सेल सेक्रेटरी एवम किसान महासंघको एरिया अध्यक्षको थियो।
दुश्मनले आफ्नो बुवालाइ हत्या गरेपछि दुश्मनले ‘बाघको बच्चा बाघ हुन्छ’ भन्दै आफुलाइ पनि सिध्याउने रणनीति बनाएपछी आफुले १३ वर्सको उमेरमा भुमिगत हुँदै होलटाइमर कार्यकर्ता भएर निरन्तर क्रान्तिमा कृयाशिल रहेको प्रतिरोध बताउछन् ।
२०५७ असार १९ गतेदेखि होलटाइमर भएर जनयुद्धमा सुचना/संचार, कलाकार, जनमिलिसिया, बिद्यार्थी संगठन, जनमुक्ती सेनासम्मको भुमिका निर्वाह गरेका वली हालसम्म पनि क्रान्तिकारी योद्धाको जीवन बाचिरहेका छन।
उनी जनयुद्धमा होलटाइमर कार्यकर्ता भएर काम गर्दा जम्मा १३ वर्षका थिए।
प्रचण्ड-बाबुरामले क्रान्ती सिध्याएपछि २०६८ सालमा जनमुक्ति सेनाबाट अवकाश लिएका प्रतिरोध अधुरो क्रान्तीको बाकी कार्यभार पूरा गर्ने सपना साकार पार्न मोहन बैद्ध(किरण) नेतृत्वको नेकपा-माओवादीमा आबद्ध भएपनी क्रान्तीको लागी स्पष्ट कार्यदिशा नहुनु र ढुलमुले प्रवृती देखिएपछी आफु विप्लव नेतृत्वको नेकपाले लिएको एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा दृढतापुर्वक लागेको बताउछन्।
सहिदहरुले बलिदान गरेको रगतलाइ खेर जान नदिन र जनयुद्धका बाकी कार्यभार पूरा गर्न आफू निरन्तर क्रान्तिकै यात्रामा दृढ रहेको नेता प्रतिरोधले वताए।
विप्लव नेतृत्वको नेकपा दाङले आगामी असोज १-८ सम्म काठमाडौमा हुन गइरहेको पार्टीको नवौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्न जिल्लामा प्रचारप्रसार कार्यलाइ घनिभुत ढंगले अगाडि बढाइरहेको छ।
ऐतिहासिक ९औं महाधिवेशनलाई भव्यरुपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !! भन्ने मुल नाराकासाथ हुनगईरहेको ९औं महाधिवेशन ऐतिहासिक र वर्तमान परिस्थितिको राम्रो संश्लेषण सहित आएकोले आगामी कार्यदिशा, नीति कार्यक्रम र नेतृत्वले वैज्ञानिक समाजवाद साम्यवादको लक्ष्य उन्मुख हुने दावी गरिएको जनाइएको छ।
नेकपाको महाधिवेशन सम्पन्न गर्न टोल, वडा, गाउँ नगर र जिल्ला सम्मेलन भेलाहरु धमाधम भईरहेका छन् । नेपालभरीवाट निर्वाचित भईरहेका प्रतिनिधि प्रवेक्षकहरुले महाधिवेशन तयारी अझ वढि आकर्शित देखिन्छ । वाटो, प्रतिक्षालय सार्वजनिक स्थानहरुमा नेकपाको महाधिवेशन नाराहरुले रङ्गिएका छन् । पोष्टर भित्तेलेखनका तयारीहरुले महाधिवेशन अन्तिम चरणमा पुगेको संकेत गर्दछ ।
यता नेकपा दाङले जिल्लाभरी भित्तेलेखन,पोस्टरिङ लगाएत महाधिवेशन केन्द्रित प्रचारप्रसार कार्यलाइ तिब्रता दिदै अन्तिम चरणमा पुगेको जनाएको छ। यस्तै पार्टीले जिल्लामा सेल कमिटी, वडा कमिटी, गाउँकमिटि, उपमहानगरपालिका कमिटी स्तरीय भेला/सम्मेलनहरु सम्पन्न गर्दै भर्खरै भदौ १९ र २० गते दुइदिन लगाएर घोराहीमा नवौं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी दाङले उत्साहका साथ नवौं महाधिवेशनलाई उत्सवको रुपमा अगाडि बढाइरहेको नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले डेलिन्युजराप्तीलाई बताउनुभएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.